गुर्डुङ खोलामा डुबेर मृत्यु हुने ८० वर्षीया महिला को हुन् ?

गुर्डुङ खोलामा डुबेर मृत्यु हुने ८० वर्षीया महिला को हुन् ?

जानु पाण्डेकपिलवस्तु, असार ४ गते। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित गुर्डुङ खोलामा मृत अवस्थामा फेला परेकी महिला बुद्धभूमि नगरपालिका–४ भगिरामपुर निवासी ८० वर्षीया रुपासेन वली रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार वली केही समयदेखि आफ्नी छोरी जमुना केसीको घरमा बस्दै आएकी थिइन्। बिहीबार बिहान उनी कसैलाई जानकारी नदिई घरबाट निस्किएकी थिइन्। स्थानीयवासीले गुर्डुङ खोलामा एक महिला मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट प्रहरी निरीक्षक बाबुराम बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलमा मृतकको कपडा र झोला पुलको छेउमा रहेको फलामको पोलमा राखिएको अवस्थामा फेला पारेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा उनी…
लामिछाने बने एमाले लुम्बिनी प्रदेश सभाका सचेतक

लामिछाने बने एमाले लुम्बिनी प्रदेश सभाका सचेतक

कपिलवस्तु, जेठ २५ गते । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभा सदस्य नवराज लामिछाने लाई सचेतकमा नियुक्त गरेको छ। संसदीय दलका नेता तथा चेतनारायण आचार्य ले एमाले लुम्बिनी प्रदेश सभाको विधानअनुसार प्रमुख सचेतकमा रोका मगर र सचेतकमा नवराज लामिछानेलाई नियुक्त गरेका हुन्। मुख्यमन्त्री आचार्यका अनुसार उक्त नियुक्ति सोमबारदेखि लागू हुने गरी गरिएको हो। लामिछाने कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। संसदीय दलभित्रको समन्वय, सदस्यहरूको उपस्थितिको व्यवस्थापन तथा दलको निर्णय कार्यान्वयनमा सचेतकको महत्वपूर्ण भूमिका रहने गर्दछ।
एसईई उत्कृष्टलाई सम्मान गर्दै सोसियल

एसईई उत्कृष्टलाई सम्मान गर्दै सोसियल

कपिलवस्तु, । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेको सोसियल इंग्लिस बोर्डिङ स्कुल बुद्धभूमि–२ गोरुसिङ्गे कपिलवस्तु ले एसईई २०८२ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मानपत्र, खादा तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको हो । कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो । यस वर्ष विद्यालयले बुद्धभूमि नगरपालिकामै उत्कृष्ट नतिजा ल्याउँदै प्रथम स्थान हासिल गरेको थियो । विद्यालयबाट एसईई परीक्षामा सहभागी ५८ जना विद्यार्थीमध्ये ९६.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने ११ जना तथा ३.२ देखि ३.६ जीपीए ल्याउने २० जना…
बलात्कार घटनामा ‘मिलापत्र खेल’, कपिलवस्तुमा पूर्व जनप्रतिनिधि नै पक्राउ

बलात्कार घटनामा ‘मिलापत्र खेल’, कपिलवस्तुमा पूर्व जनप्रतिनिधि नै पक्राउ

कपिलवस्तु, वैशाख ३० गते । कपिलवस्तुमा जबरजस्ती करणीको घटनालाई जग्गा विवादको विषय बनाएर मिलापत्र गराएको आरोपमा पूर्व वडाध्यक्षसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार पक्राउ पर्नेमा यशोधरा गाउँपालिका–५ का पूर्व वडा अध्यक्ष लईस पठान, मिलापत्र कागज तयार गर्ने लेखनदास रामबृक्ष कोहार, आरोपितका बुवा मोहम्मद सफिक पठान र पीडित महिलाकी आमा रहेका छन् । प्रहरीका अनुसार यशोधरा गाउँपालिका–५ की ३३ वर्षीया महिलामाथि वैशाख २१ गते जबरजस्ती करणी भएको भन्दै वैशाख २३ गते उजुरी दर्ता गरिएको थियो । उजुरीपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउँदै आरोपितविरुद्ध पक्राउ पुर्जी समेत जारी गरेको…
प्युठानमा दुर्घटना : दुई जनाको मृत्यु

प्युठानमा दुर्घटना : दुई जनाको मृत्यु

प्युठान, जेठ १ गते । प्युठानको माण्डवी गाउँपालिका–१ स्थित डामृखोलामा एक मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । देवीस्थान–दाङ सडक खण्डमा गुडिरहेको लु.प्र.०२–००१ ज ०१०४ नम्बरको भ्यान अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरूमा भ्यान चालक प्युठान नगरपालिका–४ बस्ने अन्दाजी २४ वर्षीय दिलीप परियार र मल्लरानी गाउँपालिका–५ धुदी बस्ने अन्दाजी २६ वर्षीय अभिषेक कुँवर रहेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनामा गम्भीर चोट लागेका दुवै जनाको घटनास्थलमै…
एसईईमा चम्कियो सोसियल वोर्डिंग,९६.५५ नतिजा सहित बुद्धभूमि मै नम्वर १

एसईईमा चम्कियो सोसियल वोर्डिंग,९६.५५ नतिजा सहित बुद्धभूमि मै नम्वर १

कपिलवस्तु, जेठ १ गते । बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गेमा रहेको सोसियल इंग्लिस बोर्डिङ स्कुल बुद्धभूमि–२ गोरुसिङ्गे कपिलवस्तु ले यस वर्षको एसईई २०८२ परीक्षामा नगरपालिकाकै प्रथम स्थान हासिल गर्दै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विद्यालयले यस वर्ष ५८ जना विद्यार्थी एसईई परीक्षामा सहभागी गराएकोमा ९६.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । यसले विद्यालयको शैक्षिक गुणस्तर र निरन्तर सुधारलाई झल्काएको छ । विद्यालयका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने ११ जना विद्यार्थी रहेका छन् भने ३.२ देखि ३.६ जीपीए ल्याउने २० जना विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेका छन् । विद्यालयकी छात्रा लतिशा श्रेष्ठले ३.९५ जीपीए प्राप्त गर्दै नगरपालिकाभित्र प्रथम…
कपिलवस्तुमा इन्टरनेट मर्मत गर्दै गर्दा करेन्ट लागेर कर्मचारीको मृत्यु

कपिलवस्तुमा इन्टरनेट मर्मत गर्दै गर्दा करेन्ट लागेर कर्मचारीको मृत्यु

कपिलवस्तु, वैशाख ३१ गते । कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ। पञ्चकन्या जे.बि.एम. केबुल नेट चन्द्रौटामा कार्यरत पाल्पाको रिब्दीकोट गाउँपालिका–७ फेक स्थायी ठेगाना भई हाल शिवराज–३ मदवामा बस्दै आएका ३२ वर्षीय लेखु थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहीवार बिहान करिब ९ः३० बजे खरेन्द्रपुरस्थित एक घरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा थापालाई अचानक करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल बुद्ध पोलिक्लिनिक खरेन्द्रपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु का प्रवक्ता प्रहरी नायव उपरीक्षक…
होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा ढकाल

होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा ढकाल

कपिलवस्तु,। होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा पदम ढकाल निर्विरोध निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न संघको चौथो अधिवेशनबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । नवगठित समितिको प्रथम उपाध्यक्षमा हरी प्रसाद खनाल, द्वितीय उपाध्यक्षमा धुव्र भुसाल, पर्यटन उपाध्यक्षमा बैकुण्ठ बेल्बासे, महासचिवमा लक्ष्मण न्यौपाने, सचिवमा सिम श्रेष्ठ तथा कोषाध्यक्षमा हुमनाथ पौडेल चयन हुनु भएको छ । त्यसैगरी सचिवालय सदस्यमा कमला आचार्य तथा सदस्यहरूमा भरत विष्ट, विष्णु प्रसाद अधिकारी, रामचन्द्र बेल्बासे, मोहन पाण्डे, लक्ष्मीनारायण खनाल, हरिनारायण बेल्बासे र श्रीधर आचार्य चयन हुनु भएको छ । अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले…
एमालेलाई बुद्धभूमिमा पहिलो बनाउने दाबी

एमालेलाई बुद्धभूमिमा पहिलो बनाउने दाबी

नेकपा एमालेले बुद्धभूमि नगरपालिकाबाट सर्वाधिक मत ल्याउने दाबी गरेको छ। बुद्धभूमि नगरपालिका–२ मा सम्पन्न वडा भेलामा वक्ताहरूले फागुन २१ गते हुने निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर २ बाट सूर्य चिन्हका उम्मेदवार दिर्घनारायण पाण्डेलाई सर्वाधिक मत दिलाउने गरी संगठनात्मक योजना बनाइएको बताएका छन्। वडा भेलालाई सम्बोधन गर्दै उम्मेदवार पाण्डेले निर्वाचन क्षेत्रभित्र चुरे क्षेत्रदेखि भारतीय सीमासम्म जोड्ने तीनवटा महत्वपूर्ण सडक तथा पूर्वाधार आयोजनाको स्तरोन्नतिमा आफूले प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै पूर्वमन्त्री बलराम अधिकारीले आफू सरकारमा रहँदा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो। यस्तै, नेता गिरिधारीलाल न्यौपानेले आगामी निर्वाचनमा नेकपा एमाले बुद्धभूमिमा पहिलो राजनीतिक शक्ति बन्ने दाबी…
माघी महोत्सवको तयारीमा जुट्दै थारु समुदाय

माघी महोत्सवको तयारीमा जुट्दै थारु समुदाय

कपिलवस्तु ।थारु समुदायको नयाँ वर्षको अवसरमा कपिलवस्तुमा माघी महोत्सवको तयारी तीव्र बनेको छ। माघी पर्वलाई समुदायस्तरमा मनाउने उद्देश्यले वडा तथा पालिका स्तरमा विभिन्न महोत्सव आयोजना हुँदैछन्। यसैक्रममा बुद्धभूमि नगरपालिका–४ स्थित बुड्ढी तालमा आठौँ बुद्धभूमि माघी (खिचडी) महोत्सव आयोजना हुने भएको छ। थारु कल्याणकारिणी सभा बुद्धभूमि नगर समितिको आयोजनामा तथा थारु सांस्कृतिक संरक्षण समिति (थाकस) को सहआयोजनामा पौष २९ गतेदेखि माघ १ गतेसम्म महोत्सव सञ्चालन हुनेछ। महोत्सवको उद्घाटन थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष विश्राम प्रसाद थारुले गर्ने तय भएको छ। महोत्सवमा थारु परिकार, झुमरा नृत्य, झर्रा झाँकीलगायत मौलिक सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएका छन्। आयोजकका अनुसार माघी महोत्सवले थारु समुदायको…