कपिलवस्तु, जेठ ९ गते । भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतीय मल पक्राउ ग¥यो । पक्राउ गरेको थाहा पाए पछि स्थानीयका भिड जम्मा भयो । मल नियन्त्रणमा लिएर भन्सार कार्यालय लैजाँदै गर्दा स्थानीयले घेरा हाले । ‘हाम्रो मल’ भन्दै सशस्त्र प्रहरीको गाडी नियन्त्रणमा लिए । नियन्त्रणमा लिएको मलको बोरा काट्दै बाटोमा छरे ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–८, बहादुरगन्जमा सशस्त्र प्रहरीले समातेको अवैध भारतीय मल स्थानीयले खोसेर बाटोमै छरेका छन् । शुक्रवार दिउँसो ४ बजे सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको ३२ बोरा मल स्थानीयको भिडले लुटपाट गर्दै नष्ट गरेका हुन् ।
सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति, सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीका अनुसार मल तस्करीको सूचना पाएपछि सशस्त्र प्रहरी अस्थायी गुल्म कृष्णनगर र भन्सार कार्यालयको टोली संयुक्त रूपमा खटिएको थियो । टोलीले स्थानीय अरवाज खाँको टहरोमा लुकाइएको भारतीय युरिया मल बरामद गरेको हो ।
तर मल पक्राउ गरिएको खबर फैलिएपछि स्थानीय कृषकहरू भनिने समूह घटनास्थलमा जम्मा भए । ‘हाम्रो मल’ भन्दै सशस्त्र प्रहरीको गाडीलाई नै घेराबन्दी गर्दै मल नियन्त्रणमा लिए । ती मलका बोरा काटेर बाटोमा छरेको सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण सिंहले जानकारी दिनु भयो । झडपको स्थिति उत्पन्न भए पनि प्रहरीले संयम अपनाएको थियो ।
कपिलवस्तुमा युरिया मलको चरम अभाव देखिएको छ । खेतीपातीको मुख्य सिजन सुरु भएसँगै किसानहरू भारतीय मलमा भर पर्न बाध्य छन् । यही अवस्थाको फाइदा उठाउँदै केही समूहले कृषक भन्दै भारतीय मलको तस्करी गरी महँगो मा बेच्ने गरेका छन् ।
जब कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडीबाट स्थानीयले मल खोसे
