चिनियाँ ठेकेदार कम्पनीलाई ९५ हजार रुपियाँ जरिवाना

Advertisement

नवलपुर, फागुन ५ गते । नारायणघाट–बुटबल सडक विस्तार गरिरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिलाई नवलपुरको कावासोती नगरपालिकाले ९५ हजार रुपियाँ जरिवाना गरेको छ । 

कम्पनीले सडक विस्तारको नाममा जथाभावी नदीजन्य पदार्थ उत्खनन गरेको पाइएपछि नगरपालिकाले जरिवाना गरेको हो । कावासोती –१६ को पत्थर खोलामा केही दिनअघि जेसिबी र ट्रिपर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरेका तस्बिरहरु सार्वजनिक भएपछि नगरपालिकाले अनुगमन गरेको थियो । 

अनुगमनको क्रममा फेला परेको एउटा जेसिबी र एउटा ट्रिपरलाई कारबाही गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार ट्रिपरलाई २५ हजार रुपियाँ र जेसिबीलाई ७० हजार गरी ९५ हजार रुपियाँ जरिवाना गरिएको हो । 

By एन टी एन ब्युरो

उस्तै खालका समाचार