कपिलवस्तुमा बन्दुक फेला
कपिलवस्तु, कात्तिक १३ गते । कपिलवस्तुको एक सामुदायिक वनमा लुकाइछिपाइ राखिएका चार नाल भरुवा बन्दुक फेला परेका छन् । वाणगंगा नगरपालिका–९ भर्लावासस्थित खुतखुते सामुदायिक वनमा बेवारिसे अवस्थामा ती बन्दुक फेला परेका हुन् । इलाका प्रहरी कार्यालय पिपराका अनुसार सामुदायिक वनको ‘लहरे उकाली’ भन्ने स्थानमा बन्दुक लुकाएर राखिएको गोप्य सूचना प्राप्त भएको थियो । सूचनाका आधारमा प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा नौ जनाको प्रहरी टोली शुक्रबार अपराह्न करिब ४:२५ बजे उक्त क्षेत्रमा पुगेको थियो । प्रहरीले खोजतलास गर्दा काठको गोलियाको धोँद्रोभित्र स्याउला र पातले छोपेर लुकाइराखेको अवस्थामा चार नाल एकनाले भरुवा बन्दुक फेला पारेको हो । बरामद गरिएका चारवटै बन्दुक साबुत…
