कपिलवस्तुको राजापानिमा पहिलो पटक पोखरी क्रस गर्ने साहसिक खेल आयोजना

कपिलवस्तुको राजापानिमा पहिलो पटक पोखरी क्रस गर्ने साहसिक खेल आयोजना

कपिलवस्तु, असोज १६ – कपिलवस्तुको चर्चित पर्यटकीय क्षेत्र राजापानिमा पहिलो पटक डोरीको सहायताले पोखरी पार गर्ने साहसिक खेल (पोण्ड क्रस विथ रोप) आयोजना गरिने भएको छ। लायन्स क्लब कपिलवस्तुको आयोजनामा असोज २३ गतेदेखि खेल सुरु हुने जानकारी पत्रकार सम्मेलनमार्फत दिइएको छ। कार्यक्रम संयोजक राम सुभागे थारुले जानकारी दिए अनुसार, यो खेल बालबालिका (८ देखि १६ वर्ष उमेर समूह) र वयस्क समूह गरी दुई विधामा हुनेछ। प्रतियोगितामा ५० मिटरको दुरीमा तन्काइएको रस्सीमा झुन्डाइएको रिङहरू पार गर्दै बालबालिकाले २५ मिटर र वयस्कहरूले ४८ मिटर पार गर्नुपर्नेछ। सबैभन्दा छिटो यो दुरी पार गर्ने आधारमा विजेता घोषणा गरिनेछ। लायन्स क्लबका अध्यक्ष नवदत्त घिमिरेले यस…
“बाणगंगामा एमालेको तयारी – अधिवेशनमा कसरी जुट्दैछ पार्टी

“बाणगंगामा एमालेको तयारी – अधिवेशनमा कसरी जुट्दैछ पार्टी

नेकपा (एमाले) बाणगंगा नगर कमिटीको दोस्रो अधिवेशनको तयारी तीव्र रुपमा अघि बढाइएको छ। भदौ ७ गते सिद्धार्थ क्याम्पसमा हुने यो अधिवेशनका लागि आवश्यक तयारीहरु अन्तिम चरणमा पुगेको नगर कमिटी अध्यक्ष युवराज पोख्रेलले जानकारी दिनुभयो। आज बसेको नगर कमिटीको नवौं पूर्ण बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्दै अधिवेशनका प्रतिनिधि छनौट प्रक्रिया तय गरेको छ। भदौ १ गते ११ वटै वडामा अधिवेशनका प्रतिनिधि छनौट गरिने छ। प्रतिनिधि छनौटका लागि खुला समूहबाट २७६२ पार्टी सदस्यमध्ये २५ जना बराबर एक जनाका दरले प्रतिनिधि छनौट गरिनेछ भने १२९ जना दलित सदस्यमध्ये १५ जना बराबर एक जना प्रतिनिधि चयन गरिनेछ। छनौट गरिएका प्रतिनिधिमध्ये प्रत्येक तीन जना प्रतिनिधिमा…
परम्परागत व्यवस्थापन नै वन विकासको समस्या

परम्परागत व्यवस्थापन नै वन विकासको समस्या

जानु पाण्डेकपिलवस्तु साउन २६ गतेवन व्यवस्थापन प्रणालीमा वन संवर्द्धन प्रणालीले नयाँ आयाम थपेको सामुदायिक वन उपभोक्ताहरूले बताएका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा सामुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रममा वन व्यवस्थापनमा वैज्ञानिक प्रणाली अपनाउँदा पुनरुत्पादन र जैविक विविधतामा सकारात्मक परिवर्तन भएको चर्चा गरिएको थियो । कार्यक्रममा सहभागीले परम्परागत वन व्यवस्थापनले ढलेका रुख मात्र सङ्कलन गर्ने बिरुवा हुर्काउन समेत समस्या भएको बताएका छन् ।वैज्ञानिक वन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै वन विज्ञ तथा कपिलवस्तुका डिभिजनल वन अधिकृत विजय राज सुवेदीले सामुदायिक वनले मान्छे मात्र नभएर सम्पूर्ण जीव जगतलाई फाइदा पुग्ने गरी काम गर्नु पर्ने बताउनु भयो…
कमसल निर्माणको पर्दाफासः महाराजगन्ज अस्पतालको पर्खाल भत्कियो

कमसल निर्माणको पर्दाफासः महाराजगन्ज अस्पतालको पर्खाल भत्कियो

कपिलवस्तु साउन १८ गतेकपिलवस्तुको महाराजगन्ज नगरपालिकामा निर्माण हुदै गरेको आधारभूत अस्पताल भवनको पर्खाल ढलेको छ । केही साता अघि परेको अविरल वर्षाले अस्पतालको मुख्य गेटदेखि पश्चिमतर्फ निर्माण सम्पन्न भएको करिव १५० मिटर पर्खाल पूर्णरूपले क्षतीग्रस्त भएको छ । भत्किएको पर्खाल खेतमा जम्मा भएको पानि डुवेर टुक्रा टुक्रामा परिणत भएको छ । जसले गर्दा स्थानीय बासिन्दाहरूले अस्पताल निर्माणको काम कमसल भएको आशंका गरेका छन् । https://www.youtube.com/watch?v=eG8mgJxtL5U स्थानीयहरू यो घटनाको लागि कमजोर संरचना र निर्माणको क्रममा भएको लापरवाहीलाई दोष दिन्छन । “कमसल निर्माणका कारण सामान्य वर्षामा पनि पर्खाल भत्कियो, पालिकाको लापरवाहीले यस्तो हुन सक्छ । अस्पतालको सुरक्षामा ठुलो खतरा उत्पन्न छ ।…
वन सम्वर्धन प्रणालीले जैविक विविधता कायम राख्न सफल

वन सम्वर्धन प्रणालीले जैविक विविधता कायम राख्न सफल

जानु पाण्डेकपिलवस्तु असार २९ गते । कपिलवस्तुका सामुदायिक वनले जैविक विविधता कायम गर्न अन्य वन व्यवस्थापनमा जोड दिने जनाएका छन् । डिभिजन वन कार्यालय कपिलवस्तुले वन संवर्द्धन प्रणाली अन्तर्गतका वन व्यवस्थापन अन्तरक्रियामा बोल्दै काठ उत्पादन सँगै अन्य वन व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरेका छन् ।अन्तरक्रियामा सहजीकरण गर्दै डिभिजनल वन अधिकृत विजयराज सुवेदीले वन संवर्द्धन प्रणालीले वन व्यवस्थापनमा विज्ञान तथा प्रविधिको प्रयोग गरिएको बताउनु भयो । अहिले वन क्षेत्रमा भएका रुखको जिपिएस गरी उचाइ र मोटाई लिइएको छ । खाली जग्गा व्यवस्थापन समेत भएको छ । अग्नि रेखा निर्माण देखी पानीको स्रोत व्यवस्थापन र खहरे खोला व्यवस्थापनमा गरिएका नमुना अभ्यासले…
खेतमा काम गर्न जादै गरेको कपिलवस्तुका २ युवाको चट्याङ लागेर मृत्यु

खेतमा काम गर्न जादै गरेको कपिलवस्तुका २ युवाको चट्याङ लागेर मृत्यु

कपिलवस्तु असार १२ गते ।कपिलवस्तुमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर उहाँहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले बताउनु भयो ।मृत्यु हुनेमा यशोधरा गाउँपालिका ६ भैसाहिया वर्ष २२ को महेश कलवार र बुद्धभूमि नगरपालिका १० धनकौलीका १७ वर्षको राजु ठाकुर रहेका छन् । दुवै जनाको शव मुचुल्का उठाई पोस्टमार्टमको लागि कपिलवस्तु अस्पताल लैजाने तयारीमा रहेको प्रहरीले जनाएको छ ।
लस्सी खुवाएर यात्रुलाई शितलता दिँदै होटल तथा पर्यटन व्यवसायी

लस्सी खुवाएर यात्रुलाई शितलता दिँदै होटल तथा पर्यटन व्यवसायी

हरि आचार्य, कपिलवस्तु अत्यधिक गर्मीका कारण तराईका जिल्ला सहित देशभरको जनजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीको यो समयमा होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उदारणिय कार्य गरेको छ । होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले चार नम्बर जितपुर चोकमा निशुल्क चिसो लस्सी वितरण गरि पुनित कार्य गरेको हो । आज चार नम्बर जितपुरमा रहनुभएका सम्पुण नागरिक, बस, विंगरमा यात्रा गरेका नागरिकहरु ग्रि ११ सय बढीलाई निशुल्क लस्सी वितरण गरिएको होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेलले जानकारी दिनुभयो । चार नम्बर चोक क्षेत्रमा विभिन्न कामले हिडडुल गर्ने तथा व्यवसाय संचालन गरेका व्यवसायी, विभिन्न सवारी साधनका चालक, सहचालक,…
बुद्धभूमिमा आज बिहानै बस र पिकअप ठोकिँदा १ जनाको मृत्यु

बुद्धभूमिमा आज बिहानै बस र पिकअप ठोकिँदा १ जनाको मृत्यु

कपिलवस्तु जेठ २९ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस पिकअप ठोकिँदा १ जनाको मृत्यु भएको छ । मंगलवार बिहान ५ः३० बजे काठमाण्डौँबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिक अप एक आपसमा ठक्कर खाएका थिए । घटनामा परी पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिस भण्डारीले बताउनु भयो ।ठक्कर पछि पिकअपमा च्यापिएका बढईको २ घण्टा पछी उद्धार गरिएको थियो । घाइतेहरु लाई उपचारको लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक विर बहादुर सुनारले…
३ बन्दुक, ४१ गोली सहित वन्यजन्तु मार्ने समूह पक्राउ

३ बन्दुक, ४१ गोली सहित वन्यजन्तु मार्ने समूह पक्राउ

कपिलवस्तु वैशाख २५ गते । कपिलवस्तुमा वन्यजन्तु मारेर बिक्री गर्ने एक समूहलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराले बाणगंगा नगरपालिका १ बाट वन्यजन्तु मार्न प्रयोग हुने बन्दुक, गोली र भाग लगाउँदै गरेको ३० किलो मासु सहित ४ जनालाई पक्राउ गरेको छ ।प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्ड खटिएको टोलीले सोही नगरपालिका वडा नम्बर १ जितपुर बस्ने वर्ष ५४ को धन बहादुर सेन, १ बुङ्ची बस्ने वर्ष ३२ को असीम खाँण, वडा नम्बर २ बस्ने वर्ष ४० को दुर्गा बहादुर शाही र रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका ११ मिलनचोक बस्ने वर्ष ५४ को चित्र मल्ललाई पक्राउ गरेको छ ।उनीहरूले खाँणको घरमा…
को बन्ला एमाले कपिलवस्तु जिल्ला अध्यक्ष ?

को बन्ला एमाले कपिलवस्तु जिल्ला अध्यक्ष ?

कपिलवस्तु वैशाख २३ गते ।नेकपा एमाले कपिलवस्तुको १०औँ जिल्ला अधिवेशन नजिकिँदै गर्दा एमाले कार्यकर्तामा एउटै प्रश्न उब्जिएको छ । को बन्ला नेकपा एमाले कपिलवस्तु जिल्लाको नयाँ अध्यक्ष ? वैशाख २६ गते एमाले जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । जसका लागी ३ नेताको नाम चर्चामा रहेको छ ।अध्यक्ष पदको आकाङ्क्षीमा हालका जिल्ला अध्यक्ष डम्मर शर्मा, जिल्ला उपाध्यक्ष विश्राम प्रसाद चौधरी र बाबुराम खनाल रहनु भएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने भनिए पनि त्यो हुने सम्भावना अत्यन्त न्यून रहेको छ ।एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा दोहोरिने चाहनु भएको छ । अघिल्लो कार्यकाल सुखद रहेको र निर्वाचनमा जिल्लामा एमालेले उत्कृष्ट…