चौथो बुद्धभूमि महोत्सवको पाँचौ दिन २० हजार बढीले गरे अवलोकन

Advertisement

कपिलवस्तुको गोरुसिङ्गेमा चौथो बुद्धभूमि महोत्सव जारी छ । महोत्सवको पाँचौ दिन २० हजार बढि दर्शकले अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ बुद्धभूमिले जनाएको छ।
कृषि व्यापारिक, साँस्कृतिक, पर्यटन तथा आद्यौगिक प्रदर्शनीको पहिलो दिन बाटै दर्शकको राम्रो साथ पाएको संघका अध्यक्ष शुभलाल भुसालले बताए। साथै
महोत्सवमा पहिलो बुद्धभूमि कपिलवस्तु डान्सिङ स्टार सञ्चालन भैरहेको छ । जस अन्तर्रगत मंगलबार टप १० को प्रतिस्पर्धा हुने छ। टप १३ बाट भोटिङ्ग राउण्ड सुरु भए संगै ३ प्रतिस्पर्धी बाहिरिएका छन।
सोमबार थारु चर्तित गायिका एवम मोडल अन्जु कुस्मी, लोक दोहोरि गायक बिक्रम परियार, गायिका सम्झना रणपाल लगायतले दर्शकहरूलाई छमछमि नचाउँदै मनोरन्जन प्रदान गरेका थिए । मंगलबार मंगलवार चर्चित गायक हिमाल सागर, लोक दोहोरी गायक खुमन अधिकारी,लोक दोहोरी गायिका लालु माया कुवर, गायिका तथा उदघोषिका- शोभा त्रिपाठि, मोडल / डान्सर- प्रीतु चौधरी, डान्सर- श्रीस्टी पौडेल लगायतको प्रस्तुति रहने साँस्कृतिक संयोजक हरि शर्माले जानकारी दिनुभयो ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार