बाख्रा पाल्ने रहरबाट व्यवसायी बन्दै

बाख्रा पाल्ने रहरबाट व्यवसायी बन्दै

कपिलवस्तु कार्तिक १ गते ।कपिलवस्तु बाणगंगाका ढाल बहादुर बुढाले रहर लागेर २ ओटा बाख्रा पाल्थे । बागलुङबाट ३ दशक अगाडी बाणगंगा नगरपालिका वडा नं. ९ भर्तापुर बसाइसराइ गरेका बुढाले चाडपर्वमा मासुका लागी बाख्रा पाल्थे । रहरले बाख्रा पालेका बुढालाई २०७४ सालमा साना किसान सहकारी संस्था भलवाडबाट व्यवसायीकरुपले बाख्रा पाल्न प्रस्ताव आयो ।२०७४ सालमा सहकारीबाट २ लाख कर्जा लिनु भयो । बाख्रा पाल्ने रहरलाई व्यवसायको रूपमा सञ्चालन गर्नु भयो । बुढाले २०७५ सालमा फर्म दर्ता गर्नु भयो । २० लाख लगानी गरी ३८ ओटा माउ र २ ओटा उन्नत जातको बोका खरिद र खोर निर्माण गर्नु भएको थियो । खरी, जमुनापारि…
Read More
डोरीको साहसिक यात्रामा कसले जित्यो?

डोरीको साहसिक यात्रामा कसले जित्यो?

कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित राजापानीको एउटा पोखरीमाथि डोरी तन्काइएको थियो। डोरीको दुरी लगभग ४८ मिटर। चुनौती थियो, डोरीमा राखिएका रिङ समाउँदै कम समयमा पोखरी पार गर्ने। यसै खेलमा बुधवार बिहान विशाल थारु आफ्नो उत्साह र साहसको पराकाष्ठा देखाउँदै, खेल सकिनासाथ आफ्नो विजय सुनिश्चित गरे। पहिलो साहसिक खेलाडी बनेर ५१ हजार १ सय ११ रुपैयाँको नगद पुरस्कार समेत जिते। विशालको पछि, सिनियर समूहका अन्य प्रतिस्पर्धीहरू पनि आफ्नो पूरा जोशमा थिए। तर, दोस्रो स्थानमा सुशील थारु २५ हजार १ सय ११ रुपैयाँ लिएर बसे भने तेस्रो स्थानमा रोशन श्रेष्ठले १५ हजार १ सय ११ रुपैयाँको पुरस्कार प्राप्त गरे। हरेकको अनुहारमा थकान थियो, तर…
Read More
एग्रीवस्तुको खण्डन “७ महिना देखी प्याजको कारोवार नै भएको छैन “?

एग्रीवस्तुको खण्डन “७ महिना देखी प्याजको कारोवार नै भएको छैन “?

कपिलवस्तु— एग्रीवस्तु कोल्ड स्टोरेज प्रा.लि.ले आफूलाई लिएर केही सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गरेको छ। कम्पनीका सूचना अधिकारी दिवाकर खनालद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा कम्पनीले नेपाल सरकारका सबै नियम र कानुनअनुसार प्रक्रिया पूरा गरेर कोल्ड स्टोरेज सञ्चालन गरिरहेको स्पष्ट पारेको छ। विज्ञप्तिमा कम्पनीले आफ्नो वातावरणीय प्रभाव मूल्यांकन (आईईई) सम्बन्धित निकायबाट २०७८ साल असोज २५ गते स्वीकृति प्राप्त गरेको जनाउँदै, कम्पनीले सबै कानुनी मापदण्ड पालना गरेको उल्लेख छ। भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्धका कारण विगत ७ महिनामा कम्पनीले कुनै प्याज आयात र वितरण नगरेको समेत जानकारी दिइएको छ। कम्पनीले समाचारलाई भ्रामक र कपोलकल्पित भन्दै, यस्ता झुटा खबरप्रति गम्भीर ध्यानाकर्षण भएको र…
Read More
त्रिसुली सामुदायिक वनको सधारण सभा सम्पन्न, पौने करोडका योजना प्रस्तुत

त्रिसुली सामुदायिक वनको सधारण सभा सम्पन्न, पौने करोडका योजना प्रस्तुत

कपिलवस्तु असोज २३ गते ।बुद्धभुमिको नमुनाको रुपमा विकास भइ रहेको त्रिसुली सामुदायिक वनको १० औँ साधारण सभा सम्पन्न भएको छ । गोरुसिङ्गेमा सम्पन्न साधारण सभामा ७८ लाख बढीको योजना प्रस्तुत गरिएको छ । वनको दिगो व्यवस्थापन सहित गरिबी निवारण, विपत् व्यवस्थापन, सुत्केरी आमा र शिशु स्वास्थ्य कार्यक्रम, लागू औषध दुर्व्यसन, सडक निर्माण लगायतका कार्यक्रम समावेश गरिएको वन समूहका अध्यक्ष निल कुमार श्रेष्ठले बताउनु भयो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख अजित कर्णले वनको दिगो व्यवस्थापनले वातावरण जोगाउनुको साथै समुदाय विकासमा योगदान पुराएको चर्चा गर्नु भएको थियो । सभामा वैज्ञानिक वन महासङ्घका केन्द्रीय अध्यक्ष रेणु सेनले वनको…
Read More
शिवराजमा रित्तीयो नेकपा एस, नेता कार्यकर्ताको बिशाल समुह एमाले प्रवेश

शिवराजमा रित्तीयो नेकपा एस, नेता कार्यकर्ताको बिशाल समुह एमाले प्रवेश

कपिलवस्तु असोज १८ गते । कपिलवस्तुको शिवराज नगरपालिकामा एकीकृत समाजवादीमा पहिरो गएको छ । एमाले शिवराज नगरमा शुक्रवार एकीकृत समाजवादीका ठूला नेताहरू र अन्य दलबाट २५० भन्दा बढी कार्यकर्ताहरूले एमालेमा सनसनीपूर्ण ढंगले घर फर्केका छन्। नेकपा एमाले केन्द्रिय सदस्य तथा भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले नव प्रवेसीलाई एमालेमा स्वागत गर्नु भएको थियो । केन्द्रीय परिषद सदस्य छविलाल शर्माको नेतृत्वमा प्रदेश सदस्य जित बहादुर रावत, जिल्ला सचिव सरोज पौडेल, बल बहादुर बिस्वकर्मा, शिवराज उपाध्यक्ष सम्झना चौधरी लगायतका नेताहरूले एकैचोटि पार्टी छोड्दै एमालेमा प्रवेश गरेपछि, एकीकृत समाजवादीको शिवराज नगरमा संगठन लगभग धराशायी बनेको छ। एमाले शिवराज नगर कमिटीद्वारा आयोजित दशैको…
Read More
स्यालको आक्रमणबाट १० जना घाइते, रेविज भ्याक्सीन सकिए पछि बुटवल रेफर

स्यालको आक्रमणबाट १० जना घाइते, रेविज भ्याक्सीन सकिए पछि बुटवल रेफर

कपिलवस्तु असोज १८ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा स्यालको आक्रमणबाट १० जना घाइते हुनु भएको छ । पालिकाको वडा नम्बर ३ को पत्थरदेइया र महादेइया बस्तीमा स्यालले आक्रमण गरेको थियो । आक्रमणबाट पत्थरदेइया बस्ने वर्ष १२ को महाजार आलम र कृष्ण यादव, वर्ष ५२ कि राजमती कोरी, वर्ष ५५ का जगनाथ अहिर, वर्ष ५० को भोला पासी महादेइयाका वर्ष ५० का बव्बु केवट र मुन्ना लाल चौधरी , वर्ष ३५ को शिवकुमार यादव र वर्ष १५ का अर्जुन यादव रहेका छन् ।दुवै बस्तीमा बिहीबार राती स्यालले आक्रमण गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले बताउनु भयो ।…
Read More
अख्तियारमा भष्ट्राचारको उजुरी ः कृष्णनगर नगरपालिका देशको सातौँ स्थानमा

अख्तियारमा भष्ट्राचारको उजुरी ः कृष्णनगर नगरपालिका देशको सातौँ स्थानमा

कपिलवस्तु असोज १७ गतेअख्तियार दुरुपयोग र भ्रष्टाचारको मामलामा स्थानीय सरकार निकै अगाडि देखिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्क अनुसार पोखरा महानगरपालिका र काठमाडौँ महानगरपालिकामा बढी भ्रष्टाचार हुने गरेको छ । देशको टप १० मा कपिलवस्तुको कृष्णनगर नगरपालिका समेत परेको छ । कृष्णनगर सातौँ स्थानमा रहेको छ ।पचरौता नगरपालिका तेस्रो , सुवर्ण गाउँपालिका चौथो र जनकपुर उपमहानगरपालिका पाँचौँ स्थानमा रहेका छन् । छैटौँमा छिपहरमाई गाउँपालिका, सातौँमा कृष्णनगर नगरपालिका, आठौँमा जलेश्वर नगरपालिका, नवौँ स्थानमा राजपुर नगरपालिका र १० औँ स्थानमा हेटौँडा उपमहानगरपालिका रहेको आयोगको ३४ औँ वार्षिक प्रतिवेदन ९२०८०र०८१० ले देखाएको छ ।
Read More
खेम चौधरीको परदेसीया सजना २ सार्वजनिक

खेम चौधरीको परदेसीया सजना २ सार्वजनिक

खेम चौधरीको परदेसीया सजना २ सार्वजनिककपिलवस्तु असोज १७ गते ।थारु राष्ट्रिय गायक खेम चौधरीको परदेसीया सजनाको भाग २ सार्वजनिक भएको छ । एम एण्ड एस इन्टरटेनमेन्टको युट्युव च्यानलबाट उक्त गितको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गितमा खेम चौधरी समिक्षा चौधरीको आवाज रहेको छ । श्याम चौधरीले रचेको गितमा गणेश चौधरीले संगित भरेका छन् । लोक प्रिय थारु मोडल नरेश चौधरी र सविना चौधरीले अभिनय गरेका छन् । गितको सुरज देवले निर्देशन गरेका हुन । गायक खेम चौधरी कपिलवस्तुका स्थानीय बासिन्दा समेत हुनु हुन्छ । https://www.youtube.com/watch?v=4tue1wr05DQ
Read More
आजबाट गोरुसिंगेमा रोदी घर (दोहोरी साझँ) सञ्चालन

आजबाट गोरुसिंगेमा रोदी घर (दोहोरी साझँ) सञ्चालन

कपिलवस्तु असोज १७ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा बिहीवार देखी रोदी घर संचालनमा आएको छ । घटस्थापनाको दिन पारेर दोहोरी साँझ (रोदी घर) सञ्चालन गरिएको संचालक लक्ष्मण न्यौपानेले बताउनु भयो ।मिलन रोदी घर को नामबाट संचालन हुने दोहारी साँझ मा राष्ट्रिय र स्थानीय कलाकारको गित तथा नृत्यबाट मनोरन्जन दिइने छ । दोहोरी साँझ संचालनमा आए पछि मनोरन्जनको लागी बुटवल जानु पर्ने बाध्यता अन्त्य हुने लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तुका कोषाध्यक्ष भक्तीराम घिमिरेले बताउनु भयो ।हामीले बाहिर भन्दा सस्तो मूल्यमा सेवा दिने छौ । एक साता सम्म उद्घाटन समारोह चल्ने अर्का संचालक धुव्र बेल्वासेले बताउनु भयो ।
Read More
कपिलवस्तुको राजापानिमा पहिलो पटक पोखरी क्रस गर्ने साहसिक खेल आयोजना

कपिलवस्तुको राजापानिमा पहिलो पटक पोखरी क्रस गर्ने साहसिक खेल आयोजना

कपिलवस्तु, असोज १६ – कपिलवस्तुको चर्चित पर्यटकीय क्षेत्र राजापानिमा पहिलो पटक डोरीको सहायताले पोखरी पार गर्ने साहसिक खेल (पोण्ड क्रस विथ रोप) आयोजना गरिने भएको छ। लायन्स क्लब कपिलवस्तुको आयोजनामा असोज २३ गतेदेखि खेल सुरु हुने जानकारी पत्रकार सम्मेलनमार्फत दिइएको छ। कार्यक्रम संयोजक राम सुभागे थारुले जानकारी दिए अनुसार, यो खेल बालबालिका (८ देखि १६ वर्ष उमेर समूह) र वयस्क समूह गरी दुई विधामा हुनेछ। प्रतियोगितामा ५० मिटरको दुरीमा तन्काइएको रस्सीमा झुन्डाइएको रिङहरू पार गर्दै बालबालिकाले २५ मिटर र वयस्कहरूले ४८ मिटर पार गर्नुपर्नेछ। सबैभन्दा छिटो यो दुरी पार गर्ने आधारमा विजेता घोषणा गरिनेछ। लायन्स क्लबका अध्यक्ष नवदत्त घिमिरेले यस…
Read More
//omg10.com/4/6824010