बुद्धभूमि उद्योग बाणिज्य संघको ५ औ साधारण सभा सम्पन्न
नेपाल टिभि न्युज बुद्धभूमि। बुद्धभूमि उद्योग बाणिज्य संघको ५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार संघको सभाहल गोरुसिंगेमा कार्यक्रम सम्पन्न भएको हो। सभाका प्रमुख अतिथि बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले निजी क्षेत्रलाई बढि प्रोत्साहित गर्दै सामाजिक विकास तथा सार्वजनिक हितमा गरिने रचनात्मक काममा सहयोग पु¥याउने भएकाले अबको दुनिया आर्थिक क्रान्तिको हुने बताए । उनले जिल्लालाई उद्योग व्यवसायसँगै प्रचुर सम्भावना बोकेको ऐतिहासिक सम्पदाको संरक्षण, विकास र हकहितमा काम हुन्छ भनेर जनताले अपेक्षा गरेका बताए ।कार्यक्रममा त्रीशुली सामुदायिक वनका अध्यक्ष निल कुमार श्रेष्ठ, संघका सल्लाहकार माधव दमासे, समाजसेवी विष्णुहरी शर्मा लगायतले व्यवसायिहरुको भावना र आवश्यकतालाई सम्मान र सम्बोधन…
