बुद्धभूमि महोत्सव मंसिर १२ मा ज्योति, बिन्दु र सजिनाको प्रस्तुति

बुद्धभूमि महोत्सव मंसिर १२ मा ज्योति, बिन्दु र सजिनाको प्रस्तुति

पाँचौँ बुद्धभूमि महोत्सवमा मंसिर १२ गते पनि चर्चित कलाकारहरूको आकर्षक प्रस्तुति रहने भएको छ। बुद्धभूमि–२, गोरुसिङ्गेमा जारी महोत्सव अन्तर्गत सो दिन लोकप्रिय गायिका ज्योति मगर र बिन्दु परियारका साथमा मोडेल तथा डान्सर सजिना चौधरी स्टेजमा प्रस्तुति दिनेछन्। मंसिर ४ गतेदेखि सञ्चालनमा आएको महोत्सव कृषि, उद्योग, व्यापार, पर्यटन तथा संस्कृतिको प्रवर्द्धनका साथै स्थानीय प्रतिभा र व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको हो। महोत्सव मंसिर १६ गतेसम्म निरन्तर चल्नेछ।
डोटीको जोरायलमा इभि हाइस दुर्घटना, एकजनाको मृत्यु र १८ जना घाइते

डोटीको जोरायलमा इभि हाइस दुर्घटना, एकजनाको मृत्यु र १८ जना घाइते

दिपायल, असोज २५ गते । डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनस्थित भिमदत्त राजमार्गमा शनिबार बिहान इभि हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु र १८ जना घाइते भएका छन् । अछामबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख–३९५६ नम्बरको इभि हाइस बिहान करिब ५ः३५ बजेतिर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दुर्घटनामा अछाम मङ्गलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको हो । घटनामा घाइते १८ जनामध्ये आठ जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि कैलाली अत्तरियास्थित पद्मा अस्पताल पठाइएको हो । प्रहरी…
कैलालीमा डर लाग्दो घटना : मदिरा सेवनपछि साथीको घाँटी रेटी हत्या, टाउको बोकेर प्रहरीमा पुगे

कैलालीमा डर लाग्दो घटना : मदिरा सेवनपछि साथीको घाँटी रेटी हत्या, टाउको बोकेर प्रहरीमा पुगे

घोडाघोडी (कैलाली), असोज २५ ।कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा गएराति एक युवकको घाँटी रेटी हत्या गरिएको छ। ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार गएराति करिब ११ बजे ३२ वर्षीय केशरबहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। प्रहरीका अनुसार सँगै बसेर मदिरा सेवन गरिरहेका तीन जनामध्ये विवाद भएपछि १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्रीले मिलेर केशरबहादुरको घाँटी रेटी हत्या गरेका हुन्। हत्या गरेपछि दुवैले मृतकको टाउको बोकेर सोही वडाको प्रतिखेतमा रहेको अस्थायी प्रहरी पोष्टमा पुगेका थिए। सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको र दुवै जनालाई नियन्त्रणमा लिइएको डीएसपी अवस्थीले बताए। प्राथमिक अनुसन्धानअनुसार…
चार एआईजीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन

चार एआईजीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहबीच चार जना प्रहरी अधिकृतलाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ। दर्ज्यानी चिन्ह प्राप्त गर्नेहरूमा सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहेका छन्। सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङ्गले एआईजीहरूका धर्मपत्नीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। आईजीपी खापुङ्गले नवपदोन्नत एआईजीहरूलाई बधाई दिँदै संगठनप्रति निष्ठा, पेशागत दक्षता र कार्यकुशलताको मूल्याङ्कनका आधारमा पदोन्नति भएको बताउनुभयो। उहाँले नयाँ जिम्मेवारीमा रहँदा अनुभव र नेतृत्वबाट संगठनको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम अधिवेशन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम अधिवेशन सम्पन्न

बुद्धभूमि नगरपालिका–४, कपिलवस्तु ।राष्ट्रिय स्वतन्त्र पार्टी, बुद्धभूमि नगरपालिका वडा नं. ४ को प्रथम अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशन अमरराज आचार्यको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा ११ सदस्यीय कार्य समिति तथा सल्लाहकार समिति समेत गठन गरिएको छ। अधिवेशनलाई प्रदेश उपसभापति शालिकराम घिमिरेले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुभयो। कार्यक्रममा रोमाखर पाण्डेले अध्यक्षता गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विष्णु पौडेलले गर्नुभएको थियो। सभ्य र भद्र वातावरणमा सम्पन्न अधिवेशनमा २० जना नयाँ सदस्यले पार्टीप्रति एक्यबद्धता जनाउँदै सदस्यता ग्रहण गरेका छन्।
कपिलवस्तुमा मानव कंकाल फेला

कपिलवस्तुमा मानव कंकाल फेला

कपिलवस्तु, भदौ २१ गते । कपिलवस्तुको बाणगंगा नगरपालिकामा शनिबार बिहान मानव कंकाल फेला परेको छ। बाणगंगा नगरपालिका कार्यालयदेखि करिब २०० मिटर उत्तरतर्फको सामुदायिक वन क्षेत्रमा स्थानीयले कंकाल देखेपछि इलाका प्रहरी कार्यालय पिपरामा जानकारी दिएका थिए। त्यसपछि प्रहरी निरीक्षक लोकेन्द्र जीसीको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा कंकाल महिला वा पुरुषको हो भन्ने छुट्याउन नसकिने अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। आवश्यक प्रक्रिया पूरा गरी फेला परेको कंकाललाई पिपरा अस्पतालमा लगिएको छ।
चार करोड र नौ तोला सुनसहित पक्राउ परेका ७७ वर्षीय वृद्धलाई राजस्व विभाग पठाइयो

चार करोड र नौ तोला सुनसहित पक्राउ परेका ७७ वर्षीय वृद्धलाई राजस्व विभाग पठाइयो

काठमाडौँ, भदौ १८ गते। काठमाडौँ सामाखुसीबाट चार करोड २६ लाख नगद र ९ तोला बढी सुनसहित पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग हरिहर भवन पठाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार मङ्गलबार पक्राउ परेका श्रेष्ठलाई बुधबार थप अनुसन्धानका लागि राजस्व विभाग पठाइएको हो।श्रेष्ठलाई मङ्गलबार दिउँसो काठमाडौँ महानगरपालिका-२६, सामाखुशीको एक घरबाट उक्त रकम, सुन र चाँदीसहित नियन्त्रणमा लिएको थियो। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर महाराजगन्ज र प्रहरी वृत्तको संयुक्त टोलीले अवैध रकम र सुनसहित घरधनी श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले उनका छोरा सनम खड्गीले कोठा…
कपिलवस्तु, मायादेवीमा बम राख्ने मुख्य आरोपी पक्राउ

कपिलवस्तु, मायादेवीमा बम राख्ने मुख्य आरोपी पक्राउ

ब्रेकिङ न्यूज ✍️मायादेवी गाउँपालिका–१ पकडीस्थित नविनकुमार श्रीवास्तवको घर अगाडिको पान टंकी पसलमुनी गत जेठ १७ गते प्रेसर कुकर जस्तो देखिने बम राखेको घटनामा संलग्न मुख्य आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ निवासी हाकिम अली मुस्लिम रहेको प्रहरीले जनाएको छ ।
कपिलवस्तु ब्रेकिङ : यशोधरामा बम फेला

कपिलवस्तु ब्रेकिङ : यशोधरामा बम फेला

यशोधरा गाउँपालिका–१ र ६ को सिमानामा पर्ने पुलमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ । स्थानीयले वस्तु देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका छन् । प्रहरी टोली घटनास्थलमा पुगेको र अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ ।
कपिलवस्तुको शिवराजमा पेस्तोल देखाएर चोरी

कपिलवस्तुको शिवराजमा पेस्तोल देखाएर चोरी

शिवराज नगरपालिका–३ हंसबाहिनी मार्गस्थित सीता खनालको घरमा गए राति करिब १२:३० बजे पिस्तोल र खुकुरी देखाएर सशस्त्र चोरी भएको छ। चार जनाको समूहमा आएका चोरहरूले घरका सदस्यलाई बन्धक बनाएर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका छन् भन्ने पारिवारिक स्रोतले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।