चौथो बुद्धभूमि महोत्सवको छैठौ दिन ४ हजार बढीले गरे अवलोकन, आज बहुला गायक आउदै
कपिलवस्तुको गोरुसिङ्गेमा चौथो बुद्धभूमि महोत्सव जारी छ । महोत्सवको छैठौ दिन ४ हजार बढि दर्शकले अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ बुद्धभूमिले जनाएको छ।कृषि व्यापारिक, साँस्कृतिक, पर्यटन तथा आद्यौगिक प्रदर्शनीको पहिलो दिन बाटै दर्शकको राम्रो साथ पाएको संघका अध्यक्ष शुभलाल भुसालले बताए। साथैमहोत्सवमा पहिलो बुद्धभूमि कपिलवस्तु डान्सिङ स्टार सञ्चालन भैरहेको छ । जस अन्तर्रगत बुधबार टप ९ को प्रतिस्पर्धा हुने छ।मंगलबार चर्तित गायिका हिमाल सागर, लोक दोहोरि गायक खुमन अध्कारी, लोक दोहोरि गायिका लालुमाया कुवर, डान्सर प्रितु चौधरी, रानी परियार , गायिका एवम ओद्घोषिक शोभा त्रिपाठीले दर्शकहरूलाई छमछमि नचाउँदै मनोरन्जन प्रदान गरेका थिए । बुधबार चर्चित गायक रामेजराज भटराई, थारु…
