आयरल्यान्ड ‘ए’ लाई नेपालले दियो १९९ रनको लक्ष्य
काठमाडौं – आयरल्यान्ड ‘ए’सँग दुई टी-२० अभ्यास खेलअन्तर्गत दोस्रो खेलमा नेपालले जितका लागि १९९ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रन बनायो । नेपालका गुलसन झाले ४६ रन बनाएर आउट भए । गुलसनले ३२ बलमा ४६ रन बनाए । आक्रामक ब्याटिङ गरेका कुशल मल्लले १३ बलमा ३४ रन बनाए । कप्तान रोहित पौडेलले २४ बलमा ३३ रन बनाए । सन्दीप जोरा २१ रनमा आउट हुँदा अनिल साहले १२, आसिफ सेखले ११ र कुशल भुर्तेलले २५ रन बनाए । विवेक यादव ७ रनमा नटआउट रहे । आज नेपालले…
