होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा ढकाल

होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा ढकाल

कपिलवस्तु,। होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा पदम ढकाल निर्विरोध निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न संघको चौथो अधिवेशनबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । नवगठित समितिको प्रथम उपाध्यक्षमा हरी प्रसाद खनाल, द्वितीय उपाध्यक्षमा धुव्र भुसाल, पर्यटन उपाध्यक्षमा बैकुण्ठ बेल्बासे, महासचिवमा लक्ष्मण न्यौपाने, सचिवमा सिम श्रेष्ठ तथा कोषाध्यक्षमा हुमनाथ पौडेल चयन हुनु भएको छ । त्यसैगरी सचिवालय सदस्यमा कमला आचार्य तथा सदस्यहरूमा भरत विष्ट, विष्णु प्रसाद अधिकारी, रामचन्द्र बेल्बासे, मोहन पाण्डे, लक्ष्मीनारायण खनाल, हरिनारायण बेल्बासे र श्रीधर आचार्य चयन हुनु भएको छ । अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले…
Read More
एमालेलाई बुद्धभूमिमा पहिलो बनाउने दाबी

एमालेलाई बुद्धभूमिमा पहिलो बनाउने दाबी

नेकपा एमालेले बुद्धभूमि नगरपालिकाबाट सर्वाधिक मत ल्याउने दाबी गरेको छ। बुद्धभूमि नगरपालिका–२ मा सम्पन्न वडा भेलामा वक्ताहरूले फागुन २१ गते हुने निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर २ बाट सूर्य चिन्हका उम्मेदवार दिर्घनारायण पाण्डेलाई सर्वाधिक मत दिलाउने गरी संगठनात्मक योजना बनाइएको बताएका छन्। वडा भेलालाई सम्बोधन गर्दै उम्मेदवार पाण्डेले निर्वाचन क्षेत्रभित्र चुरे क्षेत्रदेखि भारतीय सीमासम्म जोड्ने तीनवटा महत्वपूर्ण सडक तथा पूर्वाधार आयोजनाको स्तरोन्नतिमा आफूले प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै पूर्वमन्त्री बलराम अधिकारीले आफू सरकारमा रहँदा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो। यस्तै, नेता गिरिधारीलाल न्यौपानेले आगामी निर्वाचनमा नेकपा एमाले बुद्धभूमिमा पहिलो राजनीतिक शक्ति बन्ने दाबी…
Read More
भृकुटी सामुदायिक वनको १२औँ साधारण सभा सम्पन्न

भृकुटी सामुदायिक वनको १२औँ साधारण सभा सम्पन्न

३२ लाख ५६ हजार रुपैयाँको आय–व्यय विवरण प्रस्तुत कपिलवस्तु, बुद्धभूमि–१ (कपासे) । भृकुटी सामुदायिक वन उपभोक्ता समूह, बुद्धभूमि–१ कपासेको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा आर्थिक वर्षको ३२ लाख ५६ हजार १६९ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरिएको छ । सभामा वन व्यवस्थापन, संरक्षण तथा उपभोक्ता हितसँग सम्बन्धित विषयमा छलफल गरिएको थियो । यस क्रममा ल्याण्डफिल साइटको व्यवस्थापन, उपभोक्तालाई सेन्सर लाइट वितरण लगायतका कार्यक्रम कार्यान्वयन गरिएको जानकारी गराइयो । भृकुटी सामुदायिक वन वि.सं. २०६७ सालमा हस्तान्तरण भएको हो । हाल यस वनमा १९५ घरधुरी उपभोक्ता आबद्ध छन् भने ७९.२२ हेक्टर क्षेत्रफल वन क्षेत्र रहेको छ ।…
Read More
माघी महोत्सवको तयारीमा जुट्दै थारु समुदाय

माघी महोत्सवको तयारीमा जुट्दै थारु समुदाय

कपिलवस्तु ।थारु समुदायको नयाँ वर्षको अवसरमा कपिलवस्तुमा माघी महोत्सवको तयारी तीव्र बनेको छ। माघी पर्वलाई समुदायस्तरमा मनाउने उद्देश्यले वडा तथा पालिका स्तरमा विभिन्न महोत्सव आयोजना हुँदैछन्। यसैक्रममा बुद्धभूमि नगरपालिका–४ स्थित बुड्ढी तालमा आठौँ बुद्धभूमि माघी (खिचडी) महोत्सव आयोजना हुने भएको छ। थारु कल्याणकारिणी सभा बुद्धभूमि नगर समितिको आयोजनामा तथा थारु सांस्कृतिक संरक्षण समिति (थाकस) को सहआयोजनामा पौष २९ गतेदेखि माघ १ गतेसम्म महोत्सव सञ्चालन हुनेछ। महोत्सवको उद्घाटन थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष विश्राम प्रसाद थारुले गर्ने तय भएको छ। महोत्सवमा थारु परिकार, झुमरा नृत्य, झर्रा झाँकीलगायत मौलिक सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएका छन्। आयोजकका अनुसार माघी महोत्सवले थारु समुदायको…
Read More
कपिलवस्तुमा नालीभित्र एक पुरुषको शव फेला

कपिलवस्तुमा नालीभित्र एक पुरुषको शव फेला

(कपिलवस्तु), पुस २७ गते ।कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा हाटबजार अगाडि नालीभित्र एक पुरुषको शव फेला परेको छ। नालीमा भेटिएको शवको हालसम्म पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार शवलाई नालीबाट बाहिर निकालिएको छ। शवको अवस्था हेर्दा करिब तीन–चार दिन अगाडि मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
कपिलवस्तुमा तीन जना सवार मोटरसाइकल पोलमा ठोक्कियो

कपिलवस्तुमा तीन जना सवार मोटरसाइकल पोलमा ठोक्कियो

कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–७ धरमपनिया स्थित तौलिहवा–भैरहवा सडकखण्डमा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किँदा तीनै जना घाइते भएका छन्। धरमपनियाबाट तौलिहवातर्फ जाँदै गरेको लु १५ प ७३७० नम्बरको १५० सिसी पल्सर मोटरसाइकल दुर्घटनामा परेको हो। घाइतेहरूलाई उपचारका लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ।
Read More
तनहुँमा तीन जनाको विभत्स हत्या, घटनास्थल तनावग्रस्त

तनहुँमा तीन जनाको विभत्स हत्या, घटनास्थल तनावग्रस्त

तनहुँ, पुस २६ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जनाको विभत्स हत्या भएको खुलासा भएको छ। शनिबार बिहान दुई जना पुरुष र केही घण्टापछि एक जना महिला मृत अवस्थामा फेला परेपछि क्षेत्र तनावग्रस्त बनेको छ। इलाका प्रहरी कार्यालय बेलचौतारालाई शनिबार बिहान करिब साढे ९ बजे फोहोरमैला प्रशोधन केन्द्रका एक कर्मचारीले दुई जना पुरुष मृत अवस्थामा भेटिएको जानकारी गराएका थिए। प्रहरी टोली घटनास्थल पुग्दा प्रशोधन केन्द्रको कम्पाउन्ड बाहिर दुई पुरुषको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ। मृतकमध्ये एक जना शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछाप निवासी अन्दाजी ४० वर्षीय…
Read More
विद्यार्थीलाई न्यानो पोसाक वितरण

विद्यार्थीलाई न्यानो पोसाक वितरण

कपिलवस्तु, पुस २६ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेको शिवशक्ति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो पोसाक वितरण गरिएको छ। स्वावलम्बन लघुवित्त वित्तीय संस्था ठाडा शाखा कार्यालय तथा बुद्धभूमि यूथ सोसाइटीको सहयोगमा विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो पोसाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक जानका पन्थीले जानकारी दिनुभयो। स्वावलम्बन लघुवित्त ठाडा शाखा कार्यालयका प्रबन्धक नारायण भण्डारीले ४३ जना विद्यार्थीलाई न्यानो पोसाक वितरण गर्नुभएको थियो। त्यसै गरी बुद्धभूमि यूथ सोसाइटीले बुद्धभूमि महोत्सवमा पार्किङ शुल्कबाट सङ्कलित रकममार्फत ३६ जना विद्यार्थीलाई न्यानो पोसाक वितरण गरेको सोसाइटीका अध्यक्ष शङ्कर महराले बताउनुभयो। दुवै संस्थाबाट करिब ६० हजार रुपैयाँ बराबरको न्यानो पोसाक सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ।
Read More
खुट्टा गुमाएर पनि नहारेको जीवन

खुट्टा गुमाएर पनि नहारेको जीवन

म खुट्टा गुमाएको मान्छे हुँ। यो वाक्य बोल्न सजिलो छैन, तर स्वीकार गर्न सिकेपछि यसले मलाई कमजोर होइन, झन् बलियो बनायो। तिमी सोध्न सक्छौ— किन गुमायौ खुट्टा? कसरी गुमायौ? म उत्तर दिन्छु— कैँची र छुराले बारम्बार समातिएको खुट्टा हो यो। एकपटक होइन, धेरैपटक। शरीरमाथि चलाइएको चिरफार एक–एक गर्दै आशा काट्न खोज्दै थियो। काटियो। गेडियो। रेडीइसन् दिईयो । फेरि केमोथेरापी । अस्पतालका सेता भित्ताहरू मेरो संसार बने। निद्राभित्र पनि औषधिको गन्ध र पीडाको आवाज सुनिन्थ्यो। हरेक बिहान नयाँ डर बोकेर उठ्थें— आज फेरि के भन्ने हो?डरको नाम ! नाम थियो— क्यान्सर। स्पाइनल सार्कोमा। देखिँदैनथ्यो, तर विस्तारै मेरो शरीर र मन दुवैमाथि…
Read More
देउराली सामुदायिक वनको साधारण सभा,  पर्यटनलाई जोड्न ‘बुद्धबाटिका पार्क’ निर्माण योजना पारित

देउराली सामुदायिक वनको साधारण सभा, पर्यटनलाई जोड्न ‘बुद्धबाटिका पार्क’ निर्माण योजना पारित

कपिलवस्तु — बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेस्थित देउराली सामुदायिक वन उपभोक्ता समूहको १६ औँ वार्षिक साधारण सभा मंसिर २३ गते मंगलवार सम्पन्न भएको छ। सभा बुद्धभूमि उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो। सभाले बुद्धबाटिका पार्क (बोटानिकल गार्डेन) निर्माण गर्ने महत्वपूर्ण निर्णय पारित गरेको छ। प्रमुख वक्ता तथा बुद्धभूमि नगरप्रमुख केशव कुमार श्रेष्ठले करिब एक दशकदेखि चर्चा हुँदै आएको पार्क निर्माण योजना यसपालि सफलतापूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो। नगरपालिकाले पार्क निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो। कार्यक्रममा समाजसेवी पिताम्वर खनाल, फेकोफनका केन्द्रीय सदस्य बालिका बुढाथोकी, समाजसेवी ध्रुव न्यौपाने, उद्योग बाणिज्य संघका कार्यवाहक उपाध्यक्ष विष्णु पौडेल, त्रिसुली सामुदायिक वनका उपाध्यक्ष कर्णबहादुर…
Read More