बुद्धभूमि ५ का १७२ जना किसानलाई स्प्रे टंकि वितरण

बुद्धभूमि ५ का १७२ जना किसानलाई स्प्रे टंकि वितरण

नेपाल टिभि न्युज बुद्धभूमि कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ का १७२ जना कृषकलाई स्प्रे टंकि बितरण गरिएको छ । मंगलबार वडा अध्यक्ष रोम बहादुर थापाले कृषकहरुलाई स्प्रे टंकि वितरण गर्नुभएका हो । वडाले किसानहरुलाई सहज होस भन्ने उद्देश्यले स्प्रे टंकि विरतण गरिएको थापाले बताउनुभयो । वडाले विगतामा पनि प्रत्येक वर्ष किसानहरुका लागि विभिन्न कार्यक्रमहरु गर्ने गरेको र आगामि दिनमा पनि निरन्तर गर्ने उहाको भनाई छ । वडामा अझै पनि सिचाई मलखाद विउविजन समयमै नपाउने लगाएतका समस्याहरु रहेकोले त्यसको लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो । साना किसान देखि ठुला किसान सम्मलाई माग भए बमोजिम वितरण गरिएको बताउनुभयो ।
वडा स्तरीय हाजिरी जवाफ प्रतियोगितामा पारिजात प्रथम

वडा स्तरीय हाजिरी जवाफ प्रतियोगितामा पारिजात प्रथम

कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं २ द्वारा आयोजित वडा स्तरीय हाजिरी जवाफ प्रतियोगितामा पारिजात पब्लिक स्कुल प्रथम भएको छ । आधारभूत तह (३-५) मा वडाका ८ वटा विद्यालय र आधारभूत तह (६-८) मा ५ विद्यालय सहभागी भएको उक्त प्रतियोगितामा दुवै (३-५) र (६-८) मा पारिजात पब्लिक स्कुलले जीत हात पारेको हो । त्यस्तै (६-८) तर्फ शान्तिदिप बो. स्कुल र (३-५) तर्फ सोसियल बोडिङ्ग स्कुलले दोश्रो स्थान हासिल गरेको छ भने तेश्रो स्थानमा (६-८) तर्फ सोसियल बोडिङ्ग स्कुल र (३-५) तर्फ शान्तिदिप बो. स्कुल रहेका छन । प्रतियोगितामा विजेता सवै समूहलाई प्रमाण पत्र, शिल्ड र मेडल प्रदान गरिएको थियो । प्रतियोगिताले…
बेरुजुमा सुधारन्मुख कृष्णनगर

बेरुजुमा सुधारन्मुख कृष्णनगर

कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बेरुजु रकममा सुधार गरेको छ । विगतका बर्षहरुमा महालेखा परीक्षकले धेरै बेरुजु औल्याउने गरेको र प्रदेशमै धेरै बेरुजु आउने नगरपालिकामा पर्ने गरेकोमा पछिल्ला २/३ आ.ब.मा बेरुजु रकम सुधार गर्दै आ.ब. २०८०/८१ को बेरुजु २ करोड १५ लाख औल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले जानकारी दिनुुुभयो । जसमा नियमित गर्नुपर्ने प्राकृतिको बढी रहेको उहाँले बताउनुभयो । नगरपालिकाका लेखा अधिकृत मनिष पाण्डेका अनुसार बिगत आ.ब. २०७४/७५ मा १२ करोड ३३ लाख त्यस्तै आ.ब.०७६/७७ मा २० करोड ३३ लाख बेरुजु औल्याएको र बिगत २ बर्ष भन्दा अघिका बर्षहरुमा हरेक बर्ष ५ करोड माथी नै बेरुजु आउने गरेकोमा आ.ब. ७९/८०…
पिपरा अस्पतालमा अप्रेशनबाट ५ केजी तौलको शिशु जन्म

पिपरा अस्पतालमा अप्रेशनबाट ५ केजी तौलको शिशु जन्म

बाणगंगा, असार ४ ।बाणगंगा नगरपालिका–६ स्थित अति विपन्न गन्धर्व समुदायकी एक महिलाले यस पिपरा अस्पतालमा शल्यक्रियामार्फत ५ केजी तौलको शिशु जन्म दिएकी छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या आइपरे पनि अस्पताल प्रशासनको पहलमा आवश्यक सेवा निःशुल्क प्रदान गरिएको थियो। अस्पतालका सम्पूर्ण कर्मचारीले मानवता देखाउँदै निशुल्क उपचारमा सहयोग गरेका थिए।शिशु र आमाको अवस्था सामान्य रहेको चिकित्सकहरूले जनाएका छन्।
कपिलवस्तुमा चट्याङ लागेर एक महिलाकाे मृत्यु

कपिलवस्तुमा चट्याङ लागेर एक महिलाकाे मृत्यु

कपिलवस्तु, ४ असार । कपिलवस्तुमा चट्याङ लागेर एक महिलाकाे मृत्यु भएको छ । जिल्लाकाे विजयनगर गाउँपालिका-५ नाैरंगिया बस्ने अन्दाज ४०/४५ वर्षीय जन्ममति यादवकाे चट्याङले मृत्युु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार डालपुर-नयाँबस्ती गाउँ नजिकै खेतमा भैंसी चराउने क्रममा बुधबार करिब साँझ साढे ५ बजेतिर अचानक चट्याङ लाग्दा घटना स्थलमै यादवकाे मृत्यु भएकाे हाे ।
बुद्धभूमि उद्योग बाणिज्य संघको ५ औ साधारण सभा सम्पन्न

बुद्धभूमि उद्योग बाणिज्य संघको ५ औ साधारण सभा सम्पन्न

नेपाल टिभि न्युज बुद्धभूमि। बुद्धभूमि उद्योग बाणिज्य संघको ५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार संघको सभाहल गोरुसिंगेमा कार्यक्रम सम्पन्न भएको हो। सभाका प्रमुख अतिथि बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले निजी क्षेत्रलाई बढि प्रोत्साहित गर्दै सामाजिक विकास तथा सार्वजनिक हितमा गरिने रचनात्मक काममा सहयोग पु¥याउने भएकाले अबको दुनिया आर्थिक क्रान्तिको हुने बताए । उनले जिल्लालाई उद्योग व्यवसायसँगै प्रचुर सम्भावना बोकेको ऐतिहासिक सम्पदाको संरक्षण, विकास र हकहितमा काम हुन्छ भनेर जनताले अपेक्षा गरेका बताए ।कार्यक्रममा त्रीशुली सामुदायिक वनका अध्यक्ष निल कुमार श्रेष्ठ, संघका सल्लाहकार माधव दमासे, समाजसेवी विष्णुहरी शर्मा लगायतले व्यवसायिहरुको भावना र आवश्यकतालाई सम्मान र सम्बोधन…
आगलागीमा जलेर एक जनाको मृत्यु

आगलागीमा जलेर एक जनाको मृत्यु

     कैलाली, १९ जेठ             गौरीगंगा नगरपालिका-१० जवलपुर बस्ने ४६ वर्षीय अनिल चौधरीको कच्ची गोठको माथिल्लो तलामा गए राति आगलागी हुँदा उक्त आगलागीमा जलेर सोही गोठको माथिल्लो तलामा सुतेका अनिलको बुबा ७२ वर्षीय कुक्रु डगौरा थारूको घटनास्थलमै मृत्यु भएको छ । आगलागीबाट गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।             यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कपिलवस्तुमा अचम्मको घटना : खेतमा चर्दै गर्दा एक्कासी मरे ६ वटा भैँसी

कपिलवस्तुमा अचम्मको घटना : खेतमा चर्दै गर्दा एक्कासी मरे ६ वटा भैँसी

कपिलवस्तु जेठ २० गते ।कपिलवस्तुको विजयनगर गाउँपालिका–५, नौरंगियामा घाँस चर्दै गरेका ६ वटा भैँसीको अकस्मात मृत्यु भएको छ । स्थानीय राम किशोर यादवले छिमेकी शिवनाथ यादवको खेतमा आफ्ना ७ वटा भैँसी चराउन लगेका थिए । खेतमा घाँस चर्दै गरेका बेला भैँसीहरू एक्कासी ढल्न थालेपछि बाँकी भैँसीलाई तत्काल त्यहाँबाट हटाइएको थियो ।स्थानीय समाजसेवी लोकेश थापाका अनुसार, मृत भएका भैँसी व्याउने तयारी अवस्थामा थिए । धेरै संख्यामा भैँसीको अकस्मात मृत्युको कारण अझै पुष्टि हुन सकेको छैन । इलाका प्रहरी कार्यालय गणेशपुरले घटनास्थलको निरीक्षण गरिरहेको र परीक्षण रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने हर्ष बहादुर चन्दले बताउनु भयो ।
कपिलवस्तुमा स्कुल बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु

कपिलवस्तुमा स्कुल बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु

(कपिलवस्तु), जेठ २० गते । जिल्लाको यशोधरा गाँउपालिका–८ शिहोखोरमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । महाराजगन्ज तर्फ जाँदै गरेको जामिया अहले सुन्नत नजिया स्कुलको बसको ठक्करबाट बिहान सवा ८ बजे तीन वर्षीया बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा शिवरतन बराइकी तीन वर्षीय छोरी प्रतिमा बरई रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले बताउनुभयो । दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उहाँको भनाइ छ । बस प्रहरी नियन्त्रणमा छ र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन

वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभामहलमा आयोजित सम्मेलन प्रचण्डले उद्घाटन गर्नुभएको हो ।