नेपाल टिभि न्युज बुद्धभूमि।
बुद्धभूमि उद्योग बाणिज्य संघको ५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार संघको सभाहल गोरुसिंगेमा कार्यक्रम सम्पन्न भएको हो।
सभाका प्रमुख अतिथि बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले निजी क्षेत्रलाई बढि प्रोत्साहित गर्दै सामाजिक विकास तथा सार्वजनिक हितमा गरिने रचनात्मक काममा सहयोग पु¥याउने भएकाले अबको दुनिया आर्थिक क्रान्तिको हुने बताए । उनले जिल्लालाई उद्योग व्यवसायसँगै प्रचुर सम्भावना बोकेको ऐतिहासिक सम्पदाको संरक्षण, विकास र हकहितमा काम हुन्छ भनेर जनताले अपेक्षा गरेका बताए ।
कार्यक्रममा त्रीशुली सामुदायिक वनका अध्यक्ष निल कुमार श्रेष्ठ, संघका सल्लाहकार माधव दमासे, समाजसेवी विष्णुहरी शर्मा लगायतले व्यवसायिहरुको भावना र आवश्यकतालाई सम्मान र सम्बोधन गर्नु कार्यसमितिको कर्तव्य रहेको बताउदै निजी क्षेत्रको विकास नै समृद्ध नेपालको आधार रहेको बताएका थिए।
संघका अध्यक्ष शुभलाल भुसालले संघले आगामी दिनमा व्यवसाय र सामाजिक उत्तरदायित्वका कार्यमा अझ प्रभावकारी भूमिका खेल्ने जिकिर गरे।
संघले उद्योग व्यवसायीहरुका हक–हितका लागि नयाँ ढंगबाट व्यबसाय संचालन गर्ने र समृद्ध बुद्धभूमि निर्माणका लागि योजना बनाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रम संघका अध्यक्ष शुभलाल भुसालको अध्यक्षता, बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठको प्रमुख आथित्यता रहेको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलको स्वागत मन्तव्य, सचिव हरीलाल अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो।


