नवलपुर, जेठ १८ — पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोट र देवचुली क्षेत्रमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जना घाइते भएका छन्।
गैँडाकोट–८ विजयचोकमा दाङबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ५०५० नम्बरको माइक्रोबस दुर्घटना हुँदा सात जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार घाइतेमध्ये पाँच जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
उक्त अस्पतालमा उपचाररत घाइतेहरूमा गोर्खा पालुङटार नगरपालिका–७ की शान्ता विक (४२), कमल विक (४५), दाङ तुलसीपुर उपमहानगर–१ का कृष्ण कुमार नेपाल (३७), धर्मराज केसी (५०) र दाङ घोराही–५ की गीता वली (५०) छन्।
त्यसैगरी, मध्यविन्दु–९ का सुवास श्रेष्ठ (२१) र रेजिना श्रेष्ठ (२२) लाई स्थानीय सामुदायिक अस्पतालमा उपचार गरिएको छ।

