थारु साँस्कृतिक संरक्षण केन्द्रको साधारण सभा, ढकिया उद्योग, म्युजीयम देखी होम स्टे चलाउने सम्मका योजना

कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष पवन कुमार थारुले अक्षयकोष स्थापना गर्ने, ढकिया उद्योग सञ्चालन गर्ने, बड्ढी ताल र बृजा ताल क्षेत्रमा होमस्टे सञ्चालन गर्ने, थारु संग्रहालय सञ्चालन गर्ने लक्ष्य रहेको बताउनु भयो ।
Advertisement


कपिलवस्तु चैत ३० गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४, बुड्ढीमा अवस्थित थारु साँस्कृतिक संरक्षण केन्द्रको तेस्रो साधारण सभा सम्पन्न भएको छ । शनीवार सम्पन्न साधारण सभामा बोल्दै प्रमुख अतिथि तथा बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले थारु समुदायको मौलिक संस्कृति र पहिचान संरक्षणमा केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष पवन कुमार थारुले अक्षयकोष स्थापना गर्ने, ढकिया उद्योग सञ्चालन गर्ने, बड्ढी ताल र बृजा ताल क्षेत्रमा होमस्टे सञ्चालन गर्ने, थारु संग्रहालय सञ्चालन गर्ने लक्ष्य रहेको बताउनु भयो । कार्यक्रममा बुद्धभूमि नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुदेव खनाल, कमला चौधरी, राम प्रसाद चौधरी, सन्तराम थारु, केशर बहादुर सेन वली, दशरथ थारु लगायतले मन्तव्य दिनु भएको थियो । स्वागत मन्तव्य चन्द्रमान थारुले राख्नुभएको थियो भने कोषाध्यक्ष उषा थारुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
विसं २०७९ सालमा स्थापना भएको थारु साँस्कृतिक संरक्षण केन्द्रमा हालसम्म ३०० जना सदस्य आवद्ध छन्। केन्द्रले थारु समुदायको संस्कृति, भाषा, र पहिचान संरक्षण र प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान दिँदै आएको छ । कार्यक्रममार्फत थारु समुदायको पहिचान र सांस्कृतिक धरोहर संरक्षणमा थप योगदान पु¥याउने प्रतिबद्धता जनाइएको थियो ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार