अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरिने

Advertisement

काठमाडौं, फागुन ५ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरेको छ । कीर्तिपुर अस्पतालमा उपचारत अर्थमन्त्री पौडेलको स्वास्थ्य अवस्था समान्य बन्दै गएकोले अस्पतालले डिस्चार्ज गर्ने निर्णय गरेको अस्पतालका मेडिकल डाईरेक्टर डा. निजीमा ताम्राकारले जानकारी दिनुभयो ।

अर्थामन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब नगरेको डाईरेक्टर ताम्राकारको भनाइ छ ।

डा.ताम्राकारका अनुसार प्रमुख आचार्यको पहिले देखिनै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकोले केहि दिन थप उपचार गरिने छ । 

By एन टी एन ब्युरो

उस्तै खालका समाचार