बुद्धभूमि नगरपालिका १ भेलाई स्थित जय वनशक्ति सामुदायिक वन उपभोक्ता समूहको १४ औं साधारण सभा सम्पन्न भएको छ । जय वनशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीवन जिसीको अध्यक्षतामा साधारण सभा सम्पन्न गरिएको हो ।

कार्यक्रमका अध्यक्ष जीवन जिसीले निती तथा कार्यक्रम र आर्थिक बर्ष ०८१/०८२ को लागि अनुमानित आम्दानी रु. ८८ लाख बढीको बजेट प्रस्तुत गर्नु भएको थियो । यसैगरी ०८० /०८१ को ८१ लाख करोड ३२ लाख ४९ हजार १ सय ३३ रुपैंयाको आयव्यय प्रस्तुत कोषाध्यक्ष विष्णु कंडेल खरेलले गर्नु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथी बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले संमृद्धिका लागि वन आजको आवश्यकता भएको बताउदै उहाँले सम्पूर्ण गरिवी निवारण र सामाजिक बिकास निर्माणका कार्यहरु गर्दा स्थानिय सरकार संग समन्वय र सहकार्य गरेर कार्यक्रमहरु संचालन गर्न आग्रह गर्नुभयो । नगर प्रमुख श्रेष्ठले स्थानीय सरकार र वनको सहकार्य गरेर कार्यहरु अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले वनको बजेट देखेर काम गर्ने व्यक्तीहरु वडा तर्फ भन्दा वन तर्फ आकर्षित देखिएको हुँदा त्यस्तो नगरी बिकास तर्फ अगाडी बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सम्पूर्ण सामुदायिक वनहरुको तर्फबाट जुरपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बन्जाडेले सामुदायिक वनको व्यवस्थापन गर्न आम उपभोक्ताहरु सक्रिय रुपमा लाग्न आवश्यक भएको बताउनु भयो । वनलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने बिषयमा आम उपभोक्ताहरुको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।

समाजसेवी विरेन्द्र प्रसाद मिश्रले संमृद्ध वन निर्माणका लागि सम्पूर्ण उपभोक्ताहरुको एकता हुन जरुरी रहेको बताउनु भयो । कार्यक्रममा मेचीकाली राष्ट्रिय दैनिकका जिल्ला संवादाता पार्वती आचार्यले वन आम उपभोक्तहरुको सम्पती हो यसलाई संरक्षण गर्नु सबैको दायित्व भएको बताउनु भयो ।

वन संरक्षणमा महत्वपुर्ण महत्वपूर्ण योगदान पुराएका व्यक्ति संगै वनका जेष्ठ नागरिक उपभोक्तालाई सम्मान गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधीहरु , टोल बिकास संस्थाका पदाधिकारीहरु , सामुदायिक बनका अध्यक्षहरु , उपभोक्ता समूहका पदाधिकारीहरु समाजसेवी बुद्धिजिवीहरु , पत्रकार लगाएको सहभागिता रहेको थियो ।

