बुद्धभूमि १ मा डेंगु रोग सम्बन्धी अभिमुखीकरण

Advertisement

बुद्धभूमि नगरपालिका वडा नम्बर १ मा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

वडाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, टोल विकास संस्था, सामुदायिक वनका प्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालय, स्वास्थ्य सँस्था लगायत सरोकारवालाहरुलाई लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमा अभियान सञ्चालन गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको वडाअध्यक्ष तेज बहादुर बस्नेतले जानकारी दिए ।


कार्यक्रममा महेन्द्रकोट स्वास्थ्य चौकी प्रमुख हरि कुमार श्रेष्ठले डेंगु रोगको वारेमा अभिमुखीकरण गरेका थिए । उनले डेंगु रोगको ईतिहास अहिलेको अबस्था र बच्ने उपायका बारेमा जानकारी गराए ।कार्यक्रममा वोल्दै बुद्धभूमि नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष तेज बहादुर बस्नेतले डेंगुको संक्रमण बढ्दै गएकाले सावधानी र सचेतना अपनाउन आग्रह गर्दे संभाबित क्षेत्रमा अभियान चलाउनुपर्ने बताए । उनले जोखीम क्षेत्रहरु पहिचाहन गरी खोज र नष्ट र सचेतना अभियान चलाउन आग्रह गरे।

डेंगु ‘एडिस एजिप्टाई’ जातको लामखुट्टेको टोकाइबाट सर्ने किटजन्य रोग हो । यो जुन सुकै उमेर समूहका व्यक्तिलाई पनि लाग्न सक्छ । खासगरी कामकोे शिलशिलामा घरबाट धेरै बाहिर निस्कनेमा र बालबच्चामा यसको सम्भावना अलि बढी हुन्छ । बालबच्चाहरूमा विशेष गरी खेल्नका लागि बाहिर जाँदा सर्न सक्छ । यो लामखुट्टेले विशेष गरी विहान र साँझ धेरै टोक्छ ।खासगरी डेंगु हुँदा ज्वरो आउने, शरीर दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ जोर्नी दुख्ने, शरीरमा रातोरातो बिबिरा देखा पर्ने गर्छ ।

डेंगु सार्ने ‘एडिस एजिप्टाई’ जातको लामखुट्टे सफा पानीमा बस्छ। घरवरिपरी पानी जमेको ठाउँहरू, घरमा राखेको एयर कन्डिसनको पानी, फूलमा राखेको पानीमा बस्ने भएकाले त्यस्ता ठाउँहरूको पानी हटाउनु पर्छ । साथै घर वरिपरी सफा सुग्घर राख्ने र पानी जम्ने खाल्डाखुल्डी भए पुर्नुपर्छ ।
सन् १७८० मा लामखुट्टेले टोकेर डेङ्गु ज्वारोको प्रकोप बढदै गएकोले डेङ्गु रोगको चर्चा सुरु भए पनि १९९८ मा विश्वब्यापि रुपमा फैलिएको हो । नेपालमा भने सन् २००४ मा पहिलो पटक चितवनमा डेङ्गु रोगको विरामी भेटिएको हो ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार