खाना महोत्सवमा कलाकारले ल्याए रौनकता (फोटो फिचर)

Advertisement



कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ बक्लीपुरमा सञ्चालनमा रहेको बृजा ताल खाना महोत्सव तथा हस्तकला सामाग्री प्रदर्शनीमा थारु कलाकारको प्रस्तुतिले रौनकता बढाएको छ । चैत्र मसान्त देखी वैशाख २ गते सम्म चल्ने महोत्सवमा राष्ट्रिय स्तरका थारु गायक श्री निवास थारु, खेम चौधरी, सोनु कुस्मी, अन्जु कुस्मी (फुलकुमारी), लोक तथा दोहोरी गायक दिपु मगर, शिव खनालको प्रस्तुति रहने आयोजक हरियाली सामुदायिक वनको अध्यक्ष मिना थारुले बताउनु भयो
थारु खानाका परिकार, हस्तकलाका सामाग्री र पर्यटन उन्मुख बृजा तालको प्रचार प्रसारको लागि आयोजना गरिएको महोत्सवमा शुक्रवार गायक खेम चौधरी र दिपु मगरले २ घण्टा प्रस्तुति दिनु भएको थियो । शनिवार सोनु कुस्मी र श्री निवास थारुले प्रस्तुतिमा दर्शक रमाएका थिए । कुस्मीले करिब १ घण्टा प्रस्तुति दिनु भएको थियो । उहाँले मोरे दुलरु लाल, कमरीया हिलादे, नेपाली र थारु भाषाको मिक्स गीत गाउनु भएको थियो । उहाँको प्रस्तुतिमा दर्शकले वान्स मोर रियाक्सन गर्नु भएको थियो । महोत्सवको अन्तिम दिन अन्जु कुस्मी र शिव खनालको प्रस्तुति रहने छ ।


By एन टी एन ब्युरो

उस्तै खालका समाचार