छुरा प्रहारबाट एक जनाको मृत्यु

Advertisement

खोटाङ, २ वैशाख 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी नेवारे बस्ने ३१ वर्षीय धनजित राईको छुरा प्रहारबाट शनिबार बेलुकी मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने २६ वर्षीय बिकास राई समेतका ३ जनाले सोही ठाउँस्थित मकै बारीमा धनजितलाई छुरा प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ र प्रहरी चौकी जाल्पाबाट खटिएको प्रहरीले हाल फरार उनीहरूको खोजी गरिरहेको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार