कपिलवस्तु चैत्र १८ गते ।
हनामी बिएफसीका गोल किपरले उत्कृट बचाउ गरे पछि हनामी बिएफसी चितवन सेमिफाइनलमा प्रवेश गरेको छ । आइतवारको खेलमा उपाधीको दावेदार मानिएको मच्छिन्द्र ट्राइवेकरमा पराजित भएको छ । बिएफसी प्रथम कपिलवस्तु तिलौराकोट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । आइतबार सम्पन्न खेलमा मच्छिन्द्र ५–४ गोल अन्तरले विजयी भएको छ ।

निर्धारितमा ९० मिनेटमा गोल रहित बराबरीमा भए पछि खेल ट्राइबेकरमा पुगेको थियो । पहिलो ५ जनाले हानेको पेनाल्टी सुट ३–३ गोलले बराबरी भएको थियो । मच्छिन्द्रका कप्तान विमल घर्ती मगर पेनाल्टी शुट आउटमा गोल गर्नबाट चुकेका थिए । यसै गरी मच्छिन्द्रका नीराजन धामी, विजय भुजेल र पासाङ लामाले पनि गोल गर्न सकेनन् । मच्छिन्द्रका लागि विशाल तामाङ, आशिष श्रेष्ठ, छिरिङ लामा, चन्दन दासले गोल गर्नु भयो ।
यसै गरी बिएफसीका कप्तान अमृत श्रेष्ठले जाली चुमाए पछि बिएफसीको विजय निश्चित भएको थियो । सुजित बुढाथोकी, अभिशेख महतो, नेपोलिएन, आशिष सनामले गोल गरेका थिए । बिएफसीका राम शाही, अनिल खड्काको प्रहार मछिन्द्रका गोल रक्षक प्रदीप भण्डारीले रोकेका थिए ।
उत्कृष्ट बचाउ गर्दै पेनाल्टी शुटआउटमा गोल गरेका बिएफसीका गोल रक्षक भविन्द्र मल्ल म्यान अफ द म्याच चुनिएका थिए । खेलमा मच्छिन्द्रका पुष्कर खड्का र बिएफसीका रञ्जित चौधरीले पँहेलो कार्ड पाएका थिए । सोमबार नेपाल पुलिस क्लब र सहारा क्लब बिचको प्रतिस्पर्धा हुने छ ।

