कपिलवस्तु चैत्र १५ गते ।
कपिलवस्तुको शिवराज नगरपालिका १ चोरखोला बस्तीमा पाँच दशक पछि विद्युत र खानेपानी पुगेको छ । प्रदेश राजधानी राप्ती उपत्यका र चन्द्रौटाको मध्य भागमा पर्ने चोरखोला बस्तीमा पहिलो पटक विद्युत खानेपानीको सुविधा पुगेको हो । राजमार्ग सँग जोडिएको चुरे बस्तीमा विद्युत नहुँदा स्थानीयले निकै सास्ती खेप्दै आएका थिए ।
जनमतको लागि आजको प्रश्न
[forminator_poll id=”2767″]
विद्युतको लागी स्थानीय सरकार, प्रदेश, संघीय सरकार, विद्युत प्राधिकरण देखी अदालत सम्म धाएको स्थानीय केशव सुनारले बताउनु भयो । दलित बाहुल्यता भएको क्षेत्रमा निर्वाचनको समय उम्मेदवारले विद्युत पुराउने बाचा गरे पनि चासो नदिएको स्थानीयको आरोप रहेको थियो । विद्युत र खानेपानीको व्यस्था गर्नका लागि स्थानीय मान बहादुर सुनारले पटक पटक पहल गर्नु भएको थियो ।
चोरखोलामा २०२६ साल देखि बस्ती बसेको थियो । सो स्थान शिवराज नगरपालिकाको चन्द्रौटा बजार देखि १५ किलो मिटर पश्चिम पूर्व पश्चिम राजमार्गमा अवस्थित रहेको छ । बस्तीमा विद्युतको व्यवस्था नहुँदा खाने पानीको लागि खोलामा पुग्नु पर्ने बाध्यता रहेको थियो ।
