कपिलवस्तुका सुनिल शर्मा जसले ट्रक बेचेर बाख्रा पाले

४८ लाखको ट्रक १९ लाखमा बेचेर बाख्रा पालन
Advertisement


कपिलवस्तु चैत्र १५ गते ।
यातायातको सिन्डिकेट हटे पछि कपिलवस्तुको शिवराज नगरपालिका १ वनकसवासाका सुनिल शर्माले ट्रक बेच्ने निधो गरे । न्यूनतम भाडा दर कायम हुन नसक्दा घाटा हुन लागे पछि शर्माले २०७७ सालमा १९ लाखमा ट्रक बेच्नु भएको थियो । ४८ लाखको लगानीमा ना ५ ख ९१०० नम्बरको ट्रक उहाँले पाँच वर्ष चलाउनु भएको थियो ।
यातायात व्यवसायी त्याग गरी कृषक हुनु भएको शर्माले नस्ल सुधार र आधुनिक तरिका अपनाउँदा कृषिबाट मुनाफा भएको बताउनु भयो । उहाँ सात वर्ष वैदेशिक रोजगार (साउदी अरेबिया ) र १६ वर्ष सम्म यातायात व्यवसाय सञ्चालन गर्दै आउनु भएको थियो । तीन वर्ष अगाडि एक पाखे टिनको छानो राखी आठ ओटा बाख्राबाट व्यवसाय सुरुवात भएको थियो । अघिल्लो वर्ष ७ लाख लगानी गरी आधुनिक खोर निर्माण गरीएको थियो । एक वर्ष मै २५ बाख्राबाट पाठा पाठी हुर्किएर ६३ पुगेका छन् । पाठा पाठी बाहेक ४० ओटा माउ र २ ओटा बोयर र सिरोही जातको प्रजनन बिउ रहेका छन् ।
“पहिला घरमा एक दुई ओटा बाख्रा पालिन्थ्यो । सेभ द चिल्ड्रेनले टोल को एक समूहमा बोयर जातको बोका सहयोग गरेको थियो । मेरो घरमा रहेको बार्वरी जातको बाख्राको क्रसबाट उत्पादन भएको बोका ८ महिनामा २७ किलो पुगे पछी गाडी बेचेर राखेको रकमबाट व्यवसायीक बाख्रा पालन सुरु गरे । ट्रक गुडाउनु भन्दा बाख्रा पालनमा सन्तुष्टि रहेको छु ।“ शर्माले बताउनु भयो ।

[forminator_poll id=”2767″]


उहाँ सँग अहिले खरी (स्थानीय प्रजाति) र जमुना पारी गरी ५ जातका बाख्रा रहेका छन् । उहाँलाई किडार्क नेपाल संस्थाले खोर बनाउन १ लाख रकम सहयोग गरेको थियो । शिवराज नगरपालिकाले तालिम औषधि उपचार तथा परामर्श लगायतमा सहयोग गरेको नगरपालिकाका पशु विकाश शाखा प्रमुख धनिश्वर खनालले बताउनु भयो ।
हाल ३० देखि ७८ किलो सम्मका बोका उत्पादन भएका छन् । वन क्षेत्रमा चराउन लाने र गौ को भुस, ब्रान चोकर र मकै मिसाएर खुवाएर पालेको हुँदा अर्गानिक बोका भन्दै ग्राहकहरु घर मै खरिद गर्न आउने गरेका छन् । मासु प्रयोजन बोका जिउँदो प्रति केजी ५५० प्रजनन बीउ बोका प्रति केजी ६५० मा बिक्री हुने गरेको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार