जनगणनाको तथ्याङ्क देखाउँछ ‘२२ पालिकामा २०% बढी घरधुरीमा शौचालय छैन’

शौचालय नहुनेमा कपिलवस्तु मूलक कै पहिलो
Advertisement



कपिलवस्तु ।
खुला दिसामुक्त नेपालका २२ पालिका २०% बढी शौचालय विहीनको सूचिमा रहेको छ । राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार लुम्बिनी र मधेस प्रदेशका आठ जिल्लाका पालिका शौचालय नहुने उच्च सूचिमा रहेको छन् । जस मध्ये लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही र मधेस प्रदेशका सप्तरी, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्सामा पालिका रहेका छन् ।
जिल्ला गत तथ्याङ्क अनुसार कपिलवस्तु शौचालय नहुनेमा देशकै प्रथम रहेको छ । जिल्लाका २२ प्रतिशत घरधुरी शौचालय विहीन रहेका छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार जिल्लामा २६ हजार ८ सय ३३ घरधुरी शौचालय विहीन रहेको छ । कुल १ लाख २१ हजार ६ सय २१ घरमा ४१% सेप्टी ट्याङ्क र ३३% पिट प्रयोग गरी शौचालय निर्माण भएका छन् । २०७६ असार सम्म लुम्बिनी प्रदेशमा कपिलवस्तु जिल्ला मात्र खुला दिसा मुक्त घोषणा हुन बाकी रहेको थियो । जिल्लाको दक्षिणी भेगमा रहेका कृष्णनगर, कपिलवस्तु, महाराजगन्ज नगरपालिका तथा यशोधरा र शुद्धोदन गाउँपालिका खुला दिसा मुक्त भएका थिएनन् ।
जिल्लाको कृष्णनगर नगरपालिका शौचालय नहुनेको अग्र स्थानमा रहेको छ । जहाँ ४७.२% घरधुरी शौचालय विहीन छन् । पालिकामा १० हजार ६७० घर मध्ये ५ हजार ३४ मा शौचालय नभएको तथ्याङ्क रहेको छ । यसै गरी महाराजगन्ज नगरपालिकामा ४५.५% प्रतिशत र विजयनगर गाउँपालिकामा ४५.२% घरधुरी शौचालय विहीन रहेका छन् । यशोधरा गाउँपालिकामा ३६.३४% र शुद्धोधन गाउँपालिकामा ३६.२४ प्रतिशत घरधुरी शौचालय नभएको जनगणनाको तथ्याङ्क रहेको छ । कपिलवस्तुको मायादेवी गाउँपालिकामा २०.५५% र रुपन्देहीको मर्चवारी गाउँपालिकामा २४.४८% शौचालय छैनन् । कपिलवस्तुमा विजयनगर गाउँपालिकाले मात्र पुनः शौचालय निर्माणको अभियान सञ्चालन गरेको छ । पालिकामा पछिल्ला ३ आ.व.मा विपन्न, अपाङ्गता भएका तथा एकल महिलाका ९ सय १३ घरमा नयाँ शौचालय निर्माण गरेको अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।
मधेस प्रदेशबाट १५ पालिका
मधेस प्रदेशका १५ पालिका २०% शौचालय नहुनेको सूचीमा रहेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका २९.८१%, राजगढ गाउँपालिका २८ं.५५%, शम्भुनाथ नगरपालिका २०.१% शौचालय छैनन् । महोत्तरीको भँगहा नगरपालिका २७.८६%, साम्सी गाउँपालिका २४.९२%, औरही नगरपालिका २३.८९%, रामगोपालपुर नगरपालिका २१.९६% घरधुरी शौचालय नभएको जनगणनाको तथ्याङ्क रहेको छ । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका २८.१३%, सखुवा प्रसौनी गाउँपालिका २३.०२%, पर्सागढी नगरपालिका २८.३४%, पकहाँ मैनपुर गाउँपालिका २५.२४% र बिन्दबासिनी गाउँपालिकामा २३.४८% शौचालय नभएको देखिएको छ । यसै गरी धनुसाको कमला नगरपालिका २०.८१%, विश्रामपुर गाउँपालिकामा २५.८९% र धनुसाको फतुवाबिजयपुर नगरपालिकामा २२.३०% घर शौचालय विहीन रहेका छन् ।
फोटो क्याप्सन ः कपिलवस्तुको महारागन्ज नगरपालिकाको महुवा टोलमा रहेको शौचालय । तस्बिर जानु पाण्डे

By एन टी एन ब्युरो

उस्तै खालका समाचार