ग्लोबल डेरीको दूध ट्याङ्कर रुखमा ठोक्कियो, एक जनाको मृत्यु
कपिलवस्तु, असोज १५ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोक्ने ट्याङ्कर रुखमा ठोक्किएर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । पत्थरकोटबाट गोरुसिङ्गेतर्फ आउँदै गरेको लु.प्र.०१–००१ क ०८४५ नम्बरको दूध बोक्ने ट्याङ्कर बुधवार राति करिब १०ः५० बजे पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा अनियन्त्रित भई रुखमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो ।दुर्घटनामा ट्याङ्करका सहचालक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५, बाँग्लाका २६ वर्षीय आशिष अधिकारी गम्भीर घाइते भएका थिए । ट्याङ्करमा च्यापिएका अधिकारीलाई स्थानीय युवा र इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक बाबुराम बस्नेतको कमान्डमा खटिएको टोलीले उद्धार गरी उपचारका लागि गोरुसिङ्गे स्थित बुद्ध पोलि क्लिनिक प्रालिमा लगेको थियो ।…
