बुद्धभूमिमा सर्पदंशको दुःखद घटना, १३ वर्षीया बालिकाको मृत्यु

बुद्धभूमिमा सर्पदंशको दुःखद घटना, १३ वर्षीया बालिकाको मृत्यु

कपिलवस्तु, भदौ २२ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–७, डेरवाकी १३ वर्षीया बालिका रिन्की गुप्ताको सर्पदंशबाट मृत्यु भएको छ। विषालु गोमन सर्पले डसेपछि समयमै उपचारका लागि नल्याउँदा उहाँको मृत्यु भएको उपचार केन्द्रले जनाएको छ। सर्पले डसेपछि गुप्तालाई उपचारका लागि आइतबार राति करिब साढे ८ बजे कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो। तर, उपचारका लागि ल्याउन ढिलाइ भएकाले उहाँको अवस्था गम्भीर बनेको र मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताउनुभयो। जिल्लामा पछिल्लो समय सर्पदंशका घटना बढ्दै गएकाले सर्पले डसेमा घरेलु उपचार तथा झारफुकमा समय नबिताई तत्काल नजिकको सर्पदंश उपचार केन्द्रमा पुर्‍याउन स्वास्थ्यकर्मीले आग्रह गर्दै आएका छन्।
Read More
बुद्धभूमिमा थप ७३० जग्गाधनीले पाए लालपुर्जा

बुद्धभूमिमा थप ७३० जग्गाधनीले पाए लालपुर्जा

कपिलवस्तु, भदौ २१ गते। बुद्धभूमि नगरपालिकाका गाउँ ब्लक जग्गाका थप ७३० जना जग्गाधनीले जग्गाधनी दर्ता प्रमाणपूर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । बुद्धभूमि नगरपालिका र नापी कार्यालय, तौलिहवा कपिलवस्तुको संयुक्त आयोजनामा आइतबार आयोजित कार्यक्रममा वडा नं. ७ का ३३८ जना र वडा नं. ८ का ३९२ जना गरी ७३० जना जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो । बुद्धभूमि नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कपिलदेव तिवारीको अध्यक्षता तथा नगर प्रमुख केशवकुमार श्रेष्ठ र नापी कार्यालय तौलिहवाका नापी प्रमुख जनक भण्डारीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रममा पूर्व जिल्ला समन्वय समिति प्रमुख तथा रास्वपा नेता नारायणप्रसाद खनाल, वडा नं. ७…
Read More
कपिलवस्तु घटना : श्रीमती माइतबाट नफर्किएपछि आक्रोशित पतिले सालामाथि छुरा प्रहार

कपिलवस्तु घटना : श्रीमती माइतबाट नफर्किएपछि आक्रोशित पतिले सालामाथि छुरा प्रहार

कपिलवस्तु, भदौ १९ गते । माइती बसेकी श्रीमती घर नफर्किएपछि कपिलवस्तुमा एक व्यक्तिले आफ्नै सालामाथि छुरा प्रहार गरेका छन् । महाराजगञ्ज नगरपालिका–२ गैडहवामा शुक्रबार बिहान करिब ११ बजेतिर कपिलवस्तु नगरपालिका–७ धरमपनियाका ३७ वर्षीय प्रदीप कोरीले आफ्नै साला १८ वर्षीय अजय कोरीमाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताउनुभयो । अजय स्थानीय राजेश अग्रहरीको चिया पसलमा भाँडा धुने तथा सरसफाइको काम गर्दै आएका थिए । माइती बसेकी श्रीमतीलाई घर फर्काउन खोज्दा विवाद भएपछि प्रदीपले अजयमाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यो पनी हेर्नुस । https://nepaltvnews.com/?p=4201 छुरा प्रहार गरेपछि…
Read More
यसरी गरिएको थियो भोटेकोशी बाढीको कारण मृतकको शव व्यवस्थापन

यसरी गरिएको थियो भोटेकोशी बाढीको कारण मृतकको शव व्यवस्थापन

विभिन्न जिल्लाहरूबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव एवम् शरिरका अंगहरूको उचित व्यवस्थापन गर्दै स्वास्थ्यमा हुन सक्ने सङ्क्रमण तथा जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले नेपाल प्रहरीले प्रभवाकारी शव व्यवस्थापनको कार्यलाई अगाडि बढाएको छ । संकलित शवहरूको संख्या बढ्दै गइरहेको र शवहरू सड्न सुरू भइसकेको कारण सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिम औँल्याएका हुँदा सोही जोखिमलाई ध्यानमा राख्दै शवहरू थप बिग्रन नदिन र दुर्गन्ध नियन्त्रण गर्न प्रहरीले शव व्यवस्थापन प्रक्रियालाई तीव्र पारेको छ ।    चितवनमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पहिचान नभएका शवहरूको व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइसकेको छ । अन्य जिल्लामा समेत सोही अनुरूप शव व्यवस्थापनको कार्यलाई अवलम्बन गरिएको छ । हालसम्म…
Read More
कस्तो प्रकृया अपनाएर मृतकको शव गाडियो ?

कस्तो प्रकृया अपनाएर मृतकको शव गाडियो ?

बेवारिसे तथा पहिचान नखुलेका शव व्यवस्थापनका लागि अवलम्बन गरिएको प्रक्रिया : १. विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा तथा सुरक्षा निकायबाट खोजतलास एवं उद्धार कार्य सञ्चालन गरी नदी किनार, खोल्सा तथा अन्य स्थानबाट फेला परेका शव तथा शवका अवशेषहरू आवश्यक सावधानीपूर्वक संकलन गरिएको । २. शव फेला परेको स्थानमा आवश्यक लासजाँच मुचुल्का लगायतका कानूनी प्रक्रिया पूरा गरी शवलाई सुरक्षित रूपमा Dead Body Bag मा राखी अस्पतालको शव गृहमा सुरक्षित राखिएको । ३. Forensic Doctor को उपस्थितिमा शवलाई आवश्यकता अनुसार सफा गरी पहिचान खुल्न सक्ने गरी अगाडि, पछाडि, दायाँ, बायाँ तथा पहिचान जन्य अंग/चिन्हहरू देखिने विभिन्न कोणबाट फोटो खिची सुरक्षित राखिएको तथा…
Read More
राहतका नाममा व्यक्तिगत क्यूआरबाट रकम उठाउन खोज्ने पक्राउ

राहतका नाममा व्यक्तिगत क्यूआरबाट रकम उठाउन खोज्ने पक्राउ

राहतका नाममा व्यक्तिगत क्यूआरबाट रकम उठाउन खोज्ने पक्राउ हेटौँडा, भदौ १२ गते । रसुवा बाढीपीडितका लागि भन्दै व्यक्तिगत बैंक खाताको क्यूआर कोड सामाजिक सञ्जालमा सार्वजनिक गरी रकम सङ्कलन गर्न खोज्ने एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार व्यक्तिगत तलब खाताको क्यूआर कोडमार्फत राहत तथा सहयोग रकम उठाउन खोजेको उजुरी परेपछि ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका व्यक्तिको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले विपद्का बेला राहतका नाममा हुने ठगीबाट सचेत रहन आग्रह…
Read More
राहत पठाउँदै हुनुहुन्छ ? फर्जी QR र लिंकको फन्दामा नपर्नुस्, ठगी हुनसक्ने भन्दै नेपाल प्रहरीको सचेतना

राहत पठाउँदै हुनुहुन्छ ? फर्जी QR र लिंकको फन्दामा नपर्नुस्, ठगी हुनसक्ने भन्दै नेपाल प्रहरीको सचेतना

काठमाडौं, । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट ठूलो जनधनको क्षति भएपछि उद्धार तथा राहतका काम भइरहेका बेला नेपाल प्रहरीले राहत सहयोगका नाममा हुनसक्ने साइबर स्क्यामबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। नेपाल प्रहरीले विपद्को संवेदनशील अवस्थाको फाइदा उठाउँदै ठगी गर्ने समूहले सामाजिक सञ्जाल तथा डिजिटल माध्यम प्रयोग गरी फर्जी राहत कोष, क्यूआर कोड, बैंक खाता र लिंकमार्फत रकम असुल्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको हो। “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” वा “प्रधानमन्त्री राहत कोष”को नाम दुरुपयोग गरी व्यक्तिगत बैंक खाता वा ई–वालेटमा रकम माग्ने, सरकारी निकायको लोगो तथा नाम नक्कल गरी फर्जी क्यूआर कोड बनाउने र फेसबुक, ह्वाट्सएप,…
Read More
बाढी प्रभावितका लागि राहत प्याकेज, प्रधानमन्त्रीसहित मन्त्रीको एक महिनाको तलब कोषमा

बाढी प्रभावितका लागि राहत प्याकेज, प्रधानमन्त्रीसहित मन्त्रीको एक महिनाको तलब कोषमा

काठमाडौं, भदौ १२ गते । भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सरकारले विशेष प्याकेज तयार गर्ने भएको छ । बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब–पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत सरकारले गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–चीन सीमा रसुवागढी, भोटेकोसी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट क्षति पुगेका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियतसहितको राहत तथा पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । बाढी प्रभावितलाई तत्काल राहतसँगै पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सरकारले कोषमा प्रधानमन्त्री र सबै मन्त्रीको एक महिनाको तलब…
Read More
बाढी प्रभावितका लागि प्रदेश सभा सदस्य लामिछानेको ५१ हजार सहयोग

बाढी प्रभावितका लागि प्रदेश सभा सदस्य लामिछानेको ५१ हजार सहयोग

कपिलवस्तु, भदौ १२ गते । लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । बाढीका कारण प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले लामिछानेले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५१ हजार रुपैयाँ जम्मा गर्नुभएको हो । भोटेकोसी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि पीडितको राहत तथा उद्धारका लागि सहयोग जुटिरहेका बेला प्रदेश सभा सदस्य लामिछानेले पनि आफ्नो तर्फबाट सहयोग गर्नुभएको हो । लामिछानेले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न अपिल गर्नुभएको छ ।
Read More
कपिलवस्तुबाट औषधी तस्करी, एउटाको मूल्य १५ हजार पर्ने एघार लाखको अवैध औषधी बरामद

कपिलवस्तुबाट औषधी तस्करी, एउटाको मूल्य १५ हजार पर्ने एघार लाखको अवैध औषधी बरामद

कपिलवस्तु, भदौ १० गते । कपिलवस्तुमा सशस्त्र प्रहरीले १० लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको भन्सार छली ल्याइएको अवैध औषधी बरामद गरेको छ । सीमा क्षेत्रको दशगजा नजिकै लुकाएर राखिएको अवस्थामा विभिन्न प्रकारका महँगा औषधी बरामद गरिएको हो । कृष्णनगरस्थित सशस्त्र प्रहरी गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक द्वारिका केसीको कमान्डमा खटिएको टोलीले बुधवार बिहान ११ बजे विशेष सुराकीका आधारमा औषधी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताउनुभयो । बरामद औषधीमा क्यान्सर उपचार, नवजात शिशुको उपचार तथा उच्च रक्तचापलगायतका रोगमा प्रयोग हुने औषधी रहेका छन् । सशस्त्र प्रहरीका अनुसार पोली डी २…
Read More
//omg10.com/4/6824010