विकासको कामलाई कुनै पनि बहानामा अवरोध गर्नुहुँदैन : योगेश भट्टराई

विकासको कामलाई कुनै पनि बहानामा अवरोध गर्नुहुँदैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले विकासको कामलाई कुनै बहानामा अवरोध गर्नु नहुने बताउनुभएको छ ।नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन सचिव भट्टराईले सभ्यता र संस्कृतिलाई जोगाउँदै विकासका काम अघि बढाउनु पर्ने बताउनुभयो । नेकपा एमाले हिजोदेखि नै सभ्यता र संस्कृतिको संरक्षणको पक्षमा रहेको उहाँले सम्पदाको संरक्षण गर्दै विकासको काम अघि बढाउनु पर्ने बताउनुभयो । ‘विकास निर्माणको काममा कसैले पनि अवरोध गर्नुहुँदैन’, उहाँले भन्नुभयो ।कुनै पनि योजनामा समस्या छ भने बसेर छलफल गरी समस्या समाधान गर्नुपर्नेमा उहाँले बताउनुभयो । कुनै पनि हालतमा काम गर्न दिँदैनौँ भनेर विकास विरोधी कुरा कसैले गर्नु नहुने उहाँले स्पष्ट पार्नुभयो…
संस्थागत निर्णय र आलोचनात्मक चेत हुनुपर्नेमिसन ८४ पुरा गर्न जनप्रतिनिधिको काम महत्वपूर्ण : एमाले अनुशासन आयोग सदस्य भण्डारीले

संस्थागत निर्णय र आलोचनात्मक चेत हुनुपर्नेमिसन ८४ पुरा गर्न जनप्रतिनिधिको काम महत्वपूर्ण : एमाले अनुशासन आयोग सदस्य भण्डारीले

उर्लाबारी ।मिसन ८४ पुरा गर्न जनप्रतिनिधिको काम महत्वपूर्ण हुने भएकोले पार्टी कमिटीका अधिवेशन र बैठकहरु नियमित हुनुपर्ने नेकपा एमाले अनुशासन आयोगकी सदस्य लक्ष्मी देबी भण्डारीले बताएकी छन्उर्लाबारी नगर कमिटीको पूर्ण बैठकमा बोल्दै नेतृ भण्डारीले सम्पूर्ण कार्यकर्ताहरुलाई पार्टीको सर्कुलर अनुसार काम गर्न निर्देशन दिएकी छन् ।कार्यक्रममा पार्टीका मोरङ जिल्ला उपाध्यक्ष बाबुराम कार्कीले बर्तमान राजनीतिको चर्चा गर्दै समुदाय संरक्षण गर्न जरूरी रहेको बताएका छन् । उनले पार्टी सञ्चालन गर्दा संस्थागत रुपमा निर्णय गरिनुपर्ने र चेत आलोचनात्मक हुनुपर्ने बताएका छन् । उनले उर्लाबारीलाई हेर्ने नजर माथिल्लो कमिटीमा पनि फरक आइरहेकोले सक्रियता पूर्बक काम गर्नुपर्ने बताएका छन्। उनले नीति,नेतृत्व , पारदर्शी, जवाफदेही, उत्तरदायी हुनुपर्दछ…
ताप्लेजुङको टिप्ताला नाकासम्मको सडक तीनवर्ष भित्र बन्छ : रघुवीर महासेठ 

ताप्लेजुङको टिप्ताला नाकासम्मको सडक तीनवर्ष भित्र बन्छ : रघुवीर महासेठ 

काठमाडौं । नेकपा एमालेका सचिव एवं उपप्रधान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ताप्लेजुङको ओलाङचुङ्गोला हुँदै चीनको टिप्ताला नाका जोड्ने सडक सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । बिहीबार नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासेठले सकेसम्म तीन वर्ष भित्रै सो सडकको काम सम्पन्न गर्ने गरी कम गर्ने बताउनुभयो । उहाँले यस आर्थिक वर्षको बजेटमा सो सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बचन दिनुभयो । ‘हामी तीन वर्षभित्रै, सकेसम्म तीन वर्ष भित्रै सम्पन्न गर्ने गरी काम गर्छौँ’, महासेठले भन्नुभयो । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङ्गोला स्थित टिप्तालाबाट चीन जोड्ने नाका नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो त्रिदेशीय…
मुलुकका हरेक परिवर्तनको नेतृत्व एमालेको बिचारले निर्देशित गर्दै आएको छ – एमाले सचिव अर्याल

मुलुकका हरेक परिवर्तनको नेतृत्व एमालेको बिचारले निर्देशित गर्दै आएको छ – एमाले सचिव अर्याल

रुकुमकोट, चैत्र २९ नेकपा (एमाले) केन्द्रिय कमिटी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले नेपालका हरेक परिवर्तनको नेतृत्व नेकपा एमालेको बिचारले निर्देशित गर्दै आएको बताउनुभयो । नेकपा (एमाले) रुकुम पुर्वको नवौ जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले २०४६/०४७ सालको आन्दोलनमा खेलेको भुमिका होस कि २०५२ सालदेखी सुरु भएको युद्ध ठिक होइन, शान्तिपुर्ण आन्दोलनबाट राजतन्त्र हटाउनुपर्छ भन्ने बिचार होस यात २०६२/०६३ सालको जनआन्दोलन तथा संविधान जारी गर्ने कुरामा नेकपा एमालेको नीति र बिचार अनुसार सफल भएको बताउनु भयो । प्रमुख अथिती समेत रहनुभएको पार्टी सचिव एवं लुम्बिनी इन्चार्ज अर्यालले नेकपा एमाले पहिचान बिरोधी नभएको र सबै जाती सबै भाषा, लिङ, धर्म,…
उपाध्यक्ष घिमिरे : शोषण र विभेद विरुद्ध संघर्ष गर्न स्कुल जीवनबाटै राजनीति

उपाध्यक्ष घिमिरे : शोषण र विभेद विरुद्ध संघर्ष गर्न स्कुल जीवनबाटै राजनीति

जानु पाण्डे कपिलवस्तु चैत्र २८ गते । पहाडको कष्टकर जीवनशैली टार्न दिन प्रसाद घिमिरे र रूपकला मधेस झर्नु भयो । २०४० सालमा २ छोरी १ छोरा सहित अर्घाखाँचीको ढिकुराबाट कपिलवस्तुको कोपवा बसाइ सर्नु भयो । नयाँ ठाउँ चिन्ने कोही थिएन । केही ठुला वडाको रजगज । विपन्न र सामान्य मानिस हेपिएर बस्न बाध्य थिए । समाजमा बोल्न विचार राख्न पाइदैन्थ्यो । खेतबारीमा सिँचाई गर्न अन्तिममा पालो । महिलालाई दबाएर राख्ने ।राष्ट्रिय सभामा निर्वाचित हुनु भएकी उपाध्यक्ष विमला घिमिरे सामन्ती प्रवृत्तिको विरोध गर्दै राजनीतिमा होमिनु भएको थियो । बुवा भारतमा काम गर्नु हुन्थ्यो । परिवारमा जेठी भए पछि घर धन्दा पनि…
नागरिक उन्मुक्ती पार्टीमा रेशम दम्पतीको नेता बिच कुटाकुट

नागरिक उन्मुक्ती पार्टीमा रेशम दम्पतीको नेता बिच कुटाकुट

नागरिक उन्मुक्ति पार्टीको बैठकमा नेताहरूबिच कुटपिट भएको छ। सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय समिति बैठकमा नेताहरूबिच कुटपिट भएको हो। टीकापुर नगरपालिकाका मेयर समेत रहेका केन्द्रीय सदस्य रामलाल डगौरा थारुले बैठकमा सहभागी भएका पाँच जना  संस्थापक सदस्यमाथि कुटपिट भएको बताए। उनले नागरिक न्यूजसंग भने, 'बैठकमा सहभागी भएका म सहित पाँच जना संस्थापक सदस्यमाथि कुटपिट भएको हो। त्यहाँ पार्टीका संरक्षक पनि हुनुहुथ्र्यो। उहाँले यो घटनाको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ।'  यो समाचार नागरीक न्यूज अनलाईन पोर्टलमा प्रशाशित रहेको छ ।
तलको प्रकृया मिलाएर आउनुस रंगशाला बनाउन तयार छु ः मन्त्री अधिकारी

तलको प्रकृया मिलाएर आउनुस रंगशाला बनाउन तयार छु ः मन्त्री अधिकारी

कपिलवस्तु चैत्र १७ गते ।नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले खेलकुद क्षेत्रको विकासको लागि सरकार सकारात्मक रहेको बताउनु भएको छ । शनिवार कपिलवस्तुको बाणगंगामा सुरु भएको प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिताको समुद्घाटन गर्दै मन्त्री अधिकारीले सबै पालिका मिलेर जिल्लाको पायक पर्ने ठाउँमा राम्रो खेल मैदान निर्माणमा जोड दिनु पर्ने बताउनु भयो । उहाँले जिल्लामा रंगशाला बनाउनु सकिने अवधारण ल्याउनु भएको थियो । तलका सबै प्रकृया मिलाएर आउनुस नेपाल सरकारको मन्त्रीको हैसियतले पहल गर्ने छु मन्त्री अधिकारीको भनाई रहेको थियो ।उहाँले नेपालले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गएकोले देशका विभिन्न स्थानमा खेलमैदान, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला…
एमाले कपिलवस्तु जिल्ला अधिवेशन बैशाख २९ गते

एमाले कपिलवस्तु जिल्ला अधिवेशन बैशाख २९ गते

कपिलवस्तु , १६ चैत्र ।नेकपा (एमाले) कपिलवस्तु जिल्ला अधिवेशन बैशाख २९ गते हुने भएको छ । सचिवालय बैठकले अधिवेशनको मिति तय गरेको छ । बैठकले २९ खुला सत्र र ३० गते अधिवेशन सम्पन गर्ने योजना गरेको छ । बैठकमा बोल्दै एमाले पोलिटब्यूरो सदस्य तथा कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले युवालाई प्राथमिकता सहित सर्वसम्मत जिल्ला कमिटि चयन गर्ने बताउनु भयो । उहाँले पार्टी नेता, कार्यकर्ताको भावना लाई समेटदै अगाडी बढ्ने र युवाहरुलाई प्रोत्साहन गर्ने बताउनु भयो । अधिवेशनबाट महिलाको संख्या ३३ प्रतिशत, युवाको १५ प्रतिशत अनिवार्य गरेको छ । नया बन्ने कमिटि समावेशी हुने बताइएको छ । अधिवेशनमा करिव ६ सय प्रतिनिधीहरु…
विपीको शालिकमा माल्यार्पण गरेर काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु

विपीको शालिकमा माल्यार्पण गरेर काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा आज विहान नवलपरासीको गौरीगञ्जबाट सुरु भएको छ । ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक विपी कोईरालाको प्रतिमामा माल्यार्पण गरेर उहाँले संवाद यात्रा सुरु गर्नु भएको हो । यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट शुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो । दोस्रो चरणको संवाद यात्रा आज, भोली र पर्सी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने काँग्रेस केन्द्रीय सदस्य अजयवावु शिवाकोटीले जानकारी दिए । महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरुका समस्याहरु सुन्ने गरेका छन् । यात्राका क्रममा…
अब मधेस सरकारकाे नेतृत्व एमालेले लिन्छ : शंकर पोखरेल 

अब मधेस सरकारकाे नेतृत्व एमालेले लिन्छ : शंकर पोखरेल 

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रेदश सरकारकाे नेतृत्व अब नेकपा एमालेले गर्ने बताउनुभएकाे छ । बुधबार नेकपा एमाले बाराको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मधेसमा अन्य दलले नेतृत्व लिएर काम गरिसकेको बताउँदै अब मधेसको नेतृत्व एमालेले लिन चाहेको बताउनुभयो । मधेस प्रदेश सरकारको नेतृत्व लिएर एमालले कसरी विकास गर्छ भन्ने कुरा देखाउन चाहेको पोखरेलले धारणा राख्नुभयो । मधेसको विकास र समृद्धिका लागि योजनाबद्ध पहलकदमी अघि बढाउने पार्टी नेकपा एमाले भएको उहाँले बताउनुभयाे। तराईको मुख्य सडकको रूपमा रहेको हुलाकी सडक नेकपा एमालेकै पालामा बनेको स्पष्ट पार्नुभयो । नेपाली जनता र मधेसका जनताको हितको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतका…