आइतवारको खेल बिएफसि बिरुद्ध मछिन्द्र, मछिन्द्रबाट विमल घर्ती मगर खेल्ने पक्का

आइतवारको खेल बिएफसि बिरुद्ध मछिन्द्र, मछिन्द्रबाट विमल घर्ती मगर खेल्ने पक्का

कपिलवस्तु चैत्र १८ गते । प्रथम तिलौराकोट गोल्डकप फुटबलमा आइतवार हनामी बिएफसी चितवन र मछिन्द्र फुटबल क्लब बिच खेल हुने भएको छ । दिउसो ३ बजे बुद्ध रंगशालामा हुने खेलमा नेपालका सुपर स्टार खेलाडी विमल घर्ति मगर पनि खेल्ने भएका छन् । मछिन्द्रले फेसबुक पेजमा मगरको फोटो राख्दै खेलको विषयमा जानकारी दिएको छ ।
तलको प्रकृया मिलाएर आउनुस रंगशाला बनाउन तयार छु ः मन्त्री अधिकारी

तलको प्रकृया मिलाएर आउनुस रंगशाला बनाउन तयार छु ः मन्त्री अधिकारी

कपिलवस्तु चैत्र १७ गते ।नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले खेलकुद क्षेत्रको विकासको लागि सरकार सकारात्मक रहेको बताउनु भएको छ । शनिवार कपिलवस्तुको बाणगंगामा सुरु भएको प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिताको समुद्घाटन गर्दै मन्त्री अधिकारीले सबै पालिका मिलेर जिल्लाको पायक पर्ने ठाउँमा राम्रो खेल मैदान निर्माणमा जोड दिनु पर्ने बताउनु भयो । उहाँले जिल्लामा रंगशाला बनाउनु सकिने अवधारण ल्याउनु भएको थियो । तलका सबै प्रकृया मिलाएर आउनुस नेपाल सरकारको मन्त्रीको हैसियतले पहल गर्ने छु मन्त्री अधिकारीको भनाई रहेको थियो ।उहाँले नेपालले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गएकोले देशका विभिन्न स्थानमा खेलमैदान, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला…
विदेशी खेलाडीले चमत्कार देखाउन नसक्दा कपिलवस्तु थ्रीस्टार सँग ३–० ले पराजित

विदेशी खेलाडीले चमत्कार देखाउन नसक्दा कपिलवस्तु थ्रीस्टार सँग ३–० ले पराजित

कपिलवस्तु चैत्र १७ गते ।कपिलवस्तुमा जारी प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगितामा थ्रिस्टार क्लब सेमिफाइनल प्रवेश गरेको छ । शनिवार आयोजक कपिलवस्तु लाई ३–० गोल अन्तरले पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित बनाएको छ ।बुद्ध रङ्गशाला जितपुरमा भएको खेलमा थ्रिस्टारका नीरज चौधरीले २ गोल गरेका थिए । जर्सी नम्बर ९का चौधरीले ३२ औँ र ६३ औँ मिनेटमा गोल गर्नु भएको थियो । खेलको ३५ औँ मिनेटमा थ्रिस्टारका लागि गोल जर्सी नम्बर ७ का दीपेश घलेले गर्नु भएको थियो ।राष्ट्रिय टिममा पूर्व कप्तान बिराज महर्जनको कप्तानीमा खेलेको थ्रिस्टारले कपिलवस्तुलाई सुरुबाट दबाबमा राखेको थियो । कपिलवस्तुले विदेशी खेलाडी ओस्कार र मुसालाई सुरुवाती ११…
त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

त्रिशुली नदीमा ट्याक्सी खस्दा ५ जनाले ज्यान गुमाएका छन् । ईच्छाकामना गाउँपालिका ५ पृथ्वी राजमार्गको सिमलधारा नजिक काठमाडौँबाट गोरखा तर्फ गई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट करिब सय मिटर खसेको थियो । ट्याक्सीमा सवार ५ जनाको मृत्यु भएको मुग्लिङ प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा एक बालिका, २ जना महिला र दुई पुरुष रहेका छन् । मृत्यु हुनेमा ट्याक्सी चालक गोर्खा नगरपालिका ७ बस्ने ३५ वर्षीय अर्जुन श्रीमाल , गोर्खा नगरपालिका ७ की ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय, ९ वर्षीय आगमन नगरकोटी रहेका छन् । १८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको…
विपीको शालिकमा माल्यार्पण गरेर काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु

विपीको शालिकमा माल्यार्पण गरेर काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा आज विहान नवलपरासीको गौरीगञ्जबाट सुरु भएको छ । ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक विपी कोईरालाको प्रतिमामा माल्यार्पण गरेर उहाँले संवाद यात्रा सुरु गर्नु भएको हो । यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट शुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो । दोस्रो चरणको संवाद यात्रा आज, भोली र पर्सी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने काँग्रेस केन्द्रीय सदस्य अजयवावु शिवाकोटीले जानकारी दिए । महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरुका समस्याहरु सुन्ने गरेका छन् । यात्राका क्रममा…
महिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

महिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

काठमाडौं । आज बिहीबार माननीय मन्त्री भगबती चौधरीज्यू र नेपाल लागि फिनल्याण्डका राजदुत रिना रिक्का हेक्काको शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आयोजित भेटमा दुई देश विचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षविच कुराकानी भएको छ । भेटमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देश विचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको मित्रता, सौहार्दता र सहयोगमा आधारित सम्बन्धलाई निकै महत्व दिएको बताउनु भयो । भेटमा मन्त्री चौधरीले भन्नुभयो,‘यो वर्ष हामीले कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा गरेकोमा खुशी लागेको छ । प्रजातन्त्र, स्वतन्त्रता र…
कपिलवस्तुका सुनिल शर्मा जसले ट्रक बेचेर बाख्रा पाले

कपिलवस्तुका सुनिल शर्मा जसले ट्रक बेचेर बाख्रा पाले

कपिलवस्तु चैत्र १५ गते ।यातायातको सिन्डिकेट हटे पछि कपिलवस्तुको शिवराज नगरपालिका १ वनकसवासाका सुनिल शर्माले ट्रक बेच्ने निधो गरे । न्यूनतम भाडा दर कायम हुन नसक्दा घाटा हुन लागे पछि शर्माले २०७७ सालमा १९ लाखमा ट्रक बेच्नु भएको थियो । ४८ लाखको लगानीमा ना ५ ख ९१०० नम्बरको ट्रक उहाँले पाँच वर्ष चलाउनु भएको थियो ।यातायात व्यवसायी त्याग गरी कृषक हुनु भएको शर्माले नस्ल सुधार र आधुनिक तरिका अपनाउँदा कृषिबाट मुनाफा भएको बताउनु भयो । उहाँ सात वर्ष वैदेशिक रोजगार (साउदी अरेबिया ) र १६ वर्ष सम्म यातायात व्यवसाय सञ्चालन गर्दै आउनु भएको थियो । तीन वर्ष अगाडि एक पाखे…
दुई करोडको लगानीमा स्पोर्टस चप्पल उद्योग

दुई करोडको लगानीमा स्पोर्टस चप्पल उद्योग

कपिलवस्तु ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ इमिलियामा स्पोर्टस चप्पल निर्माण गर्ने उद्योग सञ्चालनमा आएको छ । दुई करोडको लागतमा प्लास्टिक र रबरको दाना तताएर चप्पल निर्माण गर्ने उद्योग निर्माण भएको सञ्चालक दयाराम आचार्यले बताउनु भयो । भारतबाट चप्पल आयात गरी बेच्दै आएका आचार्य सहित ३ जनाको लगानीमा उद्योग सञ्चालन गरिएको छ ।आयात गर्दाको सास्ती, मूल्य तथा गुणस्तरमा बेला बेला समस्या भए पछि उद्योग खोल्ने सोच आएको आचार्यले बताउनु भयो । आयात गर्नु भन्दा स्वदेशमा उत्पादन गर्दा सस्तो पर्ने र चाहे जस्तो गुणस्तर निर्माण गर्न सकिने भए पछि स्थानीय स्तरमा उद्योग सञ्चालन गरेको बताइएको छ । मुन स्टार फुटवेयर प्रा.लि.को नाममा दर्ता…
दुर्घटना न्यूनीकरणका लागि छाडा चौपायलाई रेडियम बेल्ट

दुर्घटना न्यूनीकरणका लागि छाडा चौपायलाई रेडियम बेल्ट

सुशील गैरे कपिलवस्तु, रात्रिकालिन समयमा छाडा चौपायहरुबाट हुने सडक दुर्घटना न्यूनिकरणका लागि कपिलवस्तुका युवाहरुले चौपायाहरुलाई रेडियम बेल्ट लगाइदिएका छन । सवारी चापसँगै जथाभाबी रहेका छाडा चौपायाले गर्दा दुर्घटनाको जोखिम बढिरहेकाले बुद्धभूमि जेसिसले पुर्व पच्चिम राजमार्गका छाडा चौपायालाई रेडियम बेल्ट लगाइदिएको छ  । पछिल्लो समय दिनप्रतिदिन सवारी दुर्घटना बढ्दै गएको छ । सवारी दुर्घटनाको प्रमुख कारणमा चालकको लापरबाही, सवारी चापलगायत सडकमा छाडा छोडिएका पशु चौपायाहरू पनि हुने गरेको छ । सडक दुर्घटना छाडा चौपायका दुर्घटनाको जोखिमका कारण बन्न पुगेकाले बुद्धभूमि जेसिसले चौपायालाई रेडियम बेल्ट लगाउने अभियान चलायको छ। चौपायाको घाँटीमा लगाइने उक्त रेडियम बेल्ट टल्कने भएका कारण सवारी चालकलाई चौपाया भएको थाहा हुने…
कपिलवस्तुमा राष्ट्रिय स्तरको तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिता

कपिलवस्तुमा राष्ट्रिय स्तरको तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिता

कपिलवस्तु चैत्र १४ गते ।कपिलवस्तुमा प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । चैत्र १७ गते देखी बाणगंगा नगरपालिकामा चल्ने सो फुटबल प्रतियोगिता जिल्लाको सर्वाधिक पुरस्कार भएको प्रतियोगिता रहेको छ । जिल्ला कै पहिलो पटक राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा मोफसल र ‘ए’ डिभिजन क्लबको सहभागिता हुने बताइएको छ । बुधवार सम्पन्न पत्रकार सम्मेलन मार्फत खेल हेर्न सम्पुर्ण फुटबल प्रेमीलाई आमन्त्रण गरिएको छ ।प्रतियोगितामा विजयी हुने टिमले ११ लाख ११ हजार १ सय ११ पुरस्कार पाउने आयोजक कपिलवस्तु फुटबल सङ्घका अध्यक्ष तिलक थापाले बताउनु भयो । दोस्रो हुनेलाई ५ लाख ५५ हजार ५५५ रुपैयाँ र उत्कृष्ट खेलाडीलाई एक…