तीन महिनाको अवधिमा ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ
काठमाडौं, १८ साउन नेपाल प्रहरीले गत वैशाख १ गते देखि असार मसान्त सम्म देशभरबाट ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । जसमध्ये उपत्यकाबाट ५ सय ११ जना, कोशी प्रदेशबाट ७ सय १३ जना, मधेश प्रदेशबाट २ सय ५५ जना, बागमती प्रदेशबाट ४ सय २८ जना, गण्डकी प्रदेशबाट १ सय ८९ जना, लुम्बिनी प्रदेशबाट ५ सय ११ जना, कर्णाली प्रदेशबाट १ सय २१ जना, सुदूरपश्चिम प्रदेशबाट ४ सय ५७ जना र लागूऔषध नियन्त्रण ब्यूरोबाट १ सय ३१ जना पक्राउ परेका हुन् । सो अवधिमा अवैध लागूऔषध गाँजा ८ हजार ६ सय ३२ किलो…
