साहारालाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश
जानु पाण्डेकपिलवस्तु समाचारदाता, कपिलवस्तु चैत्र १९ गते ।नेपाल पुलिस क्लब तिलौराकोट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमवार साहारा क्लब लाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । पुलिसका लागि शिशिर चौधरीले गोल गर्नु भएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा पृथ्वी चौधरीको पासमा शिशिरले गोल गर्नु भएको थियो ।दोस्रो हाफको १७ मिनेटमा साहारा गोल हान्ने अवसर गुमाएको थियो । पुलिसका खेलाडीले डिबक्समा हातले बल छोए पछि साहाराले पेनाल्टी हान्ने अवसर पाएको थियो । साहाराका कप्तान सुशील लामा दायाँ छेउमा हानेको बल प्रहरीका गोल किपर सन्जीत श्रेष्ठले रोक्नु भएको थियो । पुलिसले थ्रि स्टार क्लब सँग…
