स्कुल छेउ मै अवैध लागूऔषध, विभिन्न स्थानमा पाँच जना पक्राउ
काठमाडौं, २७ साउन सुनसरी, इनरूवा नगरपालिका-३ देवकोटा स्कुल छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-२० बस्ने ३१ वर्षीय दिपेन्द्र राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को.२५ प ९४७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, माडी नगरपालिका-३ स्थित वर्कसपबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६५ ट्याब्लेट र स्पास्मो ३३ ट्याब्लेट सहित पर्सा ठोरी गाउँपालिका-१ बस्ने २३ वर्षीय करण कुँवर समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ…
