बुद्धभूमि महोत्सव १९ गते बुधबार दुर्गेस थापा र नविना सिलवाल (खुइली) आउदै

बुद्धभूमि महोत्सव १९ गते बुधबार दुर्गेस थापा र नविना सिलवाल (खुइली) आउदै

चौथो बुद्धभूमि महोत्सवमा १९ गते बुधबार दुर्गेश थापा र नविना सिलवाल (खुइली) को प्रस्तुती रहने छ। दुर्गेश थापा र नविना सिलवाल (खुइली) संगै गायक अनिल पहाडी, डान्सर सदिक्षा चौधरी र महिमा क्षेत्रीको प्रस्तुति रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १९ सम्म महोत्सव संचालन हुदै छ।
चौथो बुद्धभूमि महोत्सवको छैठौ दिन ४ हजार बढीले गरे अवलोकन, आज बहुला गायक आउदै

चौथो बुद्धभूमि महोत्सवको छैठौ दिन ४ हजार बढीले गरे अवलोकन, आज बहुला गायक आउदै

कपिलवस्तुको गोरुसिङ्गेमा चौथो बुद्धभूमि महोत्सव जारी छ । महोत्सवको छैठौ दिन ४ हजार बढि दर्शकले अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ बुद्धभूमिले जनाएको छ।कृषि व्यापारिक, साँस्कृतिक, पर्यटन तथा आद्यौगिक प्रदर्शनीको पहिलो दिन बाटै दर्शकको राम्रो साथ पाएको संघका अध्यक्ष शुभलाल भुसालले बताए। साथैमहोत्सवमा पहिलो बुद्धभूमि कपिलवस्तु डान्सिङ स्टार सञ्चालन भैरहेको छ । जस अन्तर्रगत बुधबार टप ९ को प्रतिस्पर्धा हुने छ।मंगलबार चर्तित गायिका हिमाल सागर, लोक दोहोरि गायक खुमन अध्कारी, लोक दोहोरि गायिका लालुमाया कुवर, डान्सर प्रितु चौधरी, रानी परियार , गायिका एवम ओद्घोषिक शोभा त्रिपाठीले दर्शकहरूलाई छमछमि नचाउँदै मनोरन्जन प्रदान गरेका थिए । बुधबार चर्चित गायक रामेजराज भटराई, थारु…
चौथो बुद्धभूमि महोत्सवको पाँचौ दिन २० हजार बढीले गरे अवलोकन

चौथो बुद्धभूमि महोत्सवको पाँचौ दिन २० हजार बढीले गरे अवलोकन

कपिलवस्तुको गोरुसिङ्गेमा चौथो बुद्धभूमि महोत्सव जारी छ । महोत्सवको पाँचौ दिन २० हजार बढि दर्शकले अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ बुद्धभूमिले जनाएको छ।कृषि व्यापारिक, साँस्कृतिक, पर्यटन तथा आद्यौगिक प्रदर्शनीको पहिलो दिन बाटै दर्शकको राम्रो साथ पाएको संघका अध्यक्ष शुभलाल भुसालले बताए। साथैमहोत्सवमा पहिलो बुद्धभूमि कपिलवस्तु डान्सिङ स्टार सञ्चालन भैरहेको छ । जस अन्तर्रगत मंगलबार टप १० को प्रतिस्पर्धा हुने छ। टप १३ बाट भोटिङ्ग राउण्ड सुरु भए संगै ३ प्रतिस्पर्धी बाहिरिएका छन।सोमबार थारु चर्तित गायिका एवम मोडल अन्जु कुस्मी, लोक दोहोरि गायक बिक्रम परियार, गायिका सम्झना रणपाल लगायतले दर्शकहरूलाई छमछमि नचाउँदै मनोरन्जन प्रदान गरेका थिए । मंगलबार मंगलवार चर्चित…
बुद्धभूमि महोत्सवमा पहिलो पटक डान्स स्टार प्रतियोगिता, आइतवारदेखि अडिशन सुरु

बुद्धभूमि महोत्सवमा पहिलो पटक डान्स स्टार प्रतियोगिता, आइतवारदेखि अडिशन सुरु

कपिलवस्तु, मंसिर ३ – कपिलवस्तुको गोरुसिंगेमा हुने चौथो बुद्धभूमि महोत्सव २०८१ मा यस वर्ष पहिलो पटक डान्स स्टार प्रतियोगिता आयोजना हुँदैछ। महोत्सव मंसिर ६ गतेदेखि सुरु हुने भए पनि प्रतियोगिताको अडिशन आइतवार, मंसिर २ गतेबाट प्रारम्भ हुनेछ । डान्स स्टार प्रतियोगिताका लागि अडिशन कार्यक्रम बिहानदेखि होटल संगम प्यालेस, गोरुसिंगेमा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन चाहनेले आफ्नो प्रतिभा देखाउन यो अडिशन अवसर हुनेछ । महोत्सव आयोजक समितिका अनुसार, डान्स स्टार प्रतियोगिता मार्फत स्थानीय तथा राष्ट्रिय स्तरका नृत्य प्रतिभालाई मंच प्रदान गर्ने लक्ष्य राखिएको छ । बुद्धभूमि महोत्सव विगतका वर्षहरूमा धार्मिक, सांस्कृतिक तथा व्यापारिक कार्यक्रमहरूसँगै विविध प्रतियोगिताहरूको माध्यमबाट समुदायलाई जोड्दै आएको छ…
स्वास्थ्य बिमा गर्नेको आधा रकम गाउँपालिकाले तिर्ने

स्वास्थ्य बिमा गर्नेको आधा रकम गाउँपालिकाले तिर्ने

कपिलवस्तुको विजयनगर गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका परिवारहरूलाई स्वास्थ्य बिमामा सहुलियत दिने योजना ल्याएको छ । पालिकाका सबै जनतालाई स्वास्थ्य बिमाको दायरामा ल्याउनको लागी बिमा शुल्कमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिने भएको छ । यो निर्णयले गाउँपालिकावासीलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन तथा जनताको स्वास्थ्यमा पर्ने आर्थिक भार घटाउन महत्तवपूर्ण सहयोग पु¥याउने विश्वास गरिएको छ ।“हामी गाउँपालिकावासीलाई सहज स्वास्थ्य सेवामा पहुँच पु¥याउन प्रतिबद्ध छौँ । स्वास्थ्य बिमामा सहुलियत दिने यो योजनाले आर्थिक रूपमा कमजोर परिवारहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्नेछ । मङ्सिरबाट लागु गराउने गरी कार्यपालिकाको बैठकले निर्णय समेत गरेका छौ । हिउँदे गाउँ सभाबाट आवश्यक बजेट विनियोजन गरिने छ, ” गाउँपालिका…
तेह्र हजार पिस ट्रामाडोल (लागु औषधमा प्रयोग हुने) क्याप्सुल बरामद

तेह्र हजार पिस ट्रामाडोल (लागु औषधमा प्रयोग हुने) क्याप्सुल बरामद

कपिलवस्तुको कृष्णनगर, कात्तिक २८ – मङ्गलवार राति कपिलवस्तुको साँझ झमक्क परेपछि एउटा सानो गाउँ हनुमान गढीमा प्रहरीले अनौठो दृश्य देख्न पायो। नगरपालिकाको वडा नम्बर ३ को शान्त गल्लीमा एक युवक दक्षिणतर्फबाट उत्तरतर्फ पैदलै हिँड्दै थियो, तर उसको चाल, उसको झोलामा केही लुकाएको झल्को देखिन्थ्यो। प्रहरीका लागि त्यो रात सामान्य थिएन। इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले गस्ती टोलीलाई सतर्क राखेका थिए। एक युवकले प्लास्टिकको बोरामा केही लुकाएर हिँडिरहेको सूचना पाएपछि टोली तत्काल सक्रिय भयो। युवकलाई शङ्कास्पद रूपमा नियन्त्रणमा लिएर खानतलासी गर्दा, प्लास्टिकको बोराभित्र १३ हजार ट्रामाडोल क्याप्सुल फेला परे। प्रहरीको यो बरामद औषधि कस्तो थियो भन्ने कुरा…
एकै दिनमा २५ किलो मिटर पैदल गस्ती

एकै दिनमा २५ किलो मिटर पैदल गस्ती

कपिलवस्तु  इलाका प्रहरी कार्यालय कृष्णनगरले सीमा क्षेत्रमा लामो दुरी पैदल गस्ती (लङ रुट पेट्रोलिङ ) को अभियान सुरुवात गरेको छ । सीमा क्षेत्रमा रहेका स्थानीयको समस्या बुझ्न र समुदाय र प्रहरी बिच सम दुरी कायम गर्न लामो दुरीको पैदल गस्ती सञ्चालन गरिएको थियो । पैदल गस्तीले सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिबिधिहरुको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी हुने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले बताउनु भयो । कृष्णनगर नगरपालिकाको बेदर्मी देखी सुरु गरिएको गस्ती २५ किलो मिटर यात्रा गरी बगही सीमा पुगेर अन्त्य भएको थियो । प्रहरी नायव निरीक्षक राम बहादुर मगरको कमान्डमा खटिएको…
मतदान स्थलको अनुगमन

मतदान स्थलको अनुगमन

कपिलवस्तु कात्तिक २७ गते । मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागी कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नम्बर १ का मतदान स्थलको अनुगमन गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुबेर कडायत सहितको प्रहरी टोलीले वडाका मतदान स्थलको अनुगमन गर्नु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।अनुगमनका क्रममा निर्वाचनमा कुनै पनि कमजोरी हुन नदिने र सुरक्षा संयन्त्रको पहुँच, विगतका घटना तथा अवस्थालाई मध्यनजर गर्दै मतदान स्थलमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिनु भएको थियो । कम्पाउन्डवाल र घेरा बेरा नगरिएका संवेदनशील स्थलको थप निगरानी गर्ने तयारी समेत रहेको जिल्ला प्रहरी प्रमुख निरञ्जन दत्त भट्टले बताउनु भयो । डिआइजी…
बुद्धभूमि मनाइयो साख्वाको जयन्ती र नेपाल सम्वत् ११४५

बुद्धभूमि मनाइयो साख्वाको जयन्ती र नेपाल सम्वत् ११४५

कपिलवस्तु कार्तिक १८ गते ।बुद्धभूमि का नेवार समुदायले राष्ट्रिय विभूति शंखधर साख्वाको जयन्ती मनाएका छन् । नेवा ः देय् दवु बुद्धभूमिको आयोजनामा साख्वा जयन्ती सँगै नेपाल सम्वत् ११४५ मनाइएको छ । कार्यक्रममा नेवारी समुदायहरु संस्कृति झल्किने पोसाकका उपस्थित भएका थिए । बुद्धभुमी नगरपालिका २ गोरुसिंगे स्थित भिमसेन मन्दिरमा बुद्धभूमि नगरपालिकाका नेवार समुदायका अगुवाहरुको सहभागितामा रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा बुद्धभूमि नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले नेपाली समाजले शाख्वाको योगदानको कदर गर्नु पर्ने बताउनु भएको थियो । नेपाल सम्वत् नेपालको आफ्नो क्यालेण्डर समेत रहेको र सरकारी र सामाजिक तवरबाट यसको प्रयोग गर्न जोड दिनु भयो ।कार्यक्रममा बरिष्ठ समाजसेवी…
भारतमा कार दुर्घटना भाईटिका मनाउन फर्किदै गरेका कपिलवस्तुका बेल्बासे सहित दुई जनाको मृत्यु

भारतमा कार दुर्घटना भाईटिका मनाउन फर्किदै गरेका कपिलवस्तुका बेल्बासे सहित दुई जनाको मृत्यु

कपिलवस्तु , कात्तिक १६ गते ।भाईटिका मनाउन भारत बाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भारतको पंजाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पिबि १० जेएन ६१९९ हुण्डाई कार र युपी ४७ टी २७०३ नम्बरको रोडवेज बस एक आपसमा ठक्कर खाएको थियो ।आज बिहान साढे ५ भएको दुर्घटनामा परी कपिलवस्तु बाणगंगा नगरपालिका ९ बर्दहवाका दिनेश बेल्बासे र गैडाकोट नगरपालिका वडा नम्बर ६ का अनिल सापकोटाको निधन भएको थाना पचपेडवा बलरामपुरले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ । कारमा सवार मृतक बेल्बासेका पत्नी शारदा बेल्बासे, बाणगंगा नगरपालिका जितपुर नम्बर ४ निवासी टेक बहादुर र उहाँको पत्नी…