नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को पहिलो बैठक सम्पन्न

नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को पहिलो बैठक सम्पन्न

बुद्धभूमि नगरपालिका–९ स्थित बुद्धभूमि क्याम्पसमा नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को पहिलो बैठक सम्पन्न भएको छ। बैठकमा पार्टीका जिल्ला अध्यक्ष बाबुराम खनाल प्रमुख अतिथि रहनुहुन्थ्यो भने क्षेत्रीय संयोजक शुशिला दर्लामीको अध्यक्षता तथा सचिव देवि बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो।

बैठकमा प्रदेश कमिटी सदस्य धर्मराज भुषाल, चन्द्रा भट्टराई, लालबहादुर सुनार तथा महाधिवेशन प्रतिनिधि परिषद सदस्य एवं गुठी संस्थानका राष्ट्रिय बोर्ड सदस्य टेकराज पौडेलले आफ्ना धारणा राख्नुभएको थियो। समितिमा क्षेत्र नं. २ अन्तर्गतका जिल्ला कमिटी सदस्य, पालिका पदाधिकारी, ३४ वडाका अध्यक्ष तथा मनोनीत तीन जना सदस्य गरी करिब ९५ जना सदस्य सहभागी रहेको बताइएको छ। बैठकले आगामी तीन महिनासम्म सञ्चालन हुने “जरा” अभियानबारे छलफल गरेको थियो, जसबारे जिल्ला अध्यक्ष खनालले विस्तृत जानकारी दिनुभएको थियो।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार

//uplcm.com/4/6824010