कपिलवस्तुमा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
कपिलवस्तु, कात्तिक १२ गते । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२ भुसुडीमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा १४ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार साँझ करिब ६ः५५ बजे भुसुडीस्थित भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ९२ प १३०९ नम्बरको १५० सीसी पल्सर मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका–१ सेखुईया निवासी राजकुमार विकका १४ वर्षीय छोरा आकाश विक गम्भीर घाइते हुनुभएको थियो । टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेका उहाँलाई उपचारका लागि भैरहवा लगिएकोमा साँझ ७ः३५ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी रिपेन्द्र कुमार सिंहले बताउनु भयो । मोटरसाइकलको ठक्करबाट ४०…
