यी हुन शिक्षक सुवेदी, जसले स्व.सासु आमाको स्मरणमा विद्यालयमा अक्षयकोष स्थापना गरिन्
कपिलवस्तु चैत्र १८ गतेकपिलवस्तुका एक महिला शिक्षकले सासु आमाको स्मृतीमा अक्षयकोष स्थापना गर्नु भएको छ । श्री मा.वी इमिलियाका शिक्षक लिला सुवेदीले आफ्नो सासु आमा धन कुमारी भुसालको स्मृतीमा १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गर्दै अक्षयकोष स्थापना गर्नु भएको थियो । विद्यालयमा विपन्न परिवारका वालबालिकाको अध्ययनमा सहयोग होस भन्ने विचारले सहयोग गरेको सुवेदीले बताउनु भयो । सासु आमाको स्मरण गर्दै ४५ दिनको पुञ्य तिथीमा उहाँको आत्माको शान्तीको कामना सहित सहयोग गरेको बताउनु भयो । विद्यालयका प्र.अ खगेश्वर खनालले विद्यालयमा स्थापना भएको अक्षयकोषले गरिब परिवारका बालबालिका लाभान्वित हुने बताउनु भयो । प्रथम बृजा खाना महोत्सव चैत्र ३०…
