कपिलवस्तुबाट औषधी तस्करी, एउटाको मूल्य १५ हजार पर्ने एघार लाखको अवैध औषधी बरामद
कपिलवस्तु, भदौ १० गते । कपिलवस्तुमा सशस्त्र प्रहरीले १० लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको भन्सार छली ल्याइएको अवैध औषधी बरामद गरेको छ । सीमा क्षेत्रको दशगजा नजिकै लुकाएर राखिएको अवस्थामा विभिन्न प्रकारका महँगा औषधी बरामद गरिएको हो । कृष्णनगरस्थित सशस्त्र प्रहरी गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक द्वारिका केसीको कमान्डमा खटिएको टोलीले बुधवार बिहान ११ बजे विशेष सुराकीका आधारमा औषधी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताउनुभयो । बरामद औषधीमा क्यान्सर उपचार, नवजात शिशुको उपचार तथा उच्च रक्तचापलगायतका रोगमा प्रयोग हुने औषधी रहेका छन् । सशस्त्र प्रहरीका अनुसार पोली डी २…
