कस्तो प्रकृया अपनाएर मृतकको शव गाडियो ?
बेवारिसे तथा पहिचान नखुलेका शव व्यवस्थापनका लागि अवलम्बन गरिएको प्रक्रिया : १. विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा तथा सुरक्षा निकायबाट खोजतलास एवं उद्धार कार्य सञ्चालन गरी नदी किनार, खोल्सा तथा अन्य स्थानबाट फेला परेका शव तथा शवका अवशेषहरू आवश्यक सावधानीपूर्वक संकलन गरिएको । २. शव फेला परेको स्थानमा आवश्यक लासजाँच मुचुल्का लगायतका कानूनी प्रक्रिया पूरा गरी शवलाई सुरक्षित रूपमा Dead Body Bag मा राखी अस्पतालको शव गृहमा सुरक्षित राखिएको । ३. Forensic Doctor को उपस्थितिमा शवलाई आवश्यकता अनुसार सफा गरी पहिचान खुल्न सक्ने गरी अगाडि, पछाडि, दायाँ, बायाँ तथा पहिचान जन्य अंग/चिन्हहरू देखिने विभिन्न कोणबाट फोटो खिची सुरक्षित राखिएको तथा…
