राहत पठाउँदै हुनुहुन्छ ? फर्जी QR र लिंकको फन्दामा नपर्नुस्, ठगी हुनसक्ने भन्दै नेपाल प्रहरीको सचेतना
काठमाडौं, । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट ठूलो जनधनको क्षति भएपछि उद्धार तथा राहतका काम भइरहेका बेला नेपाल प्रहरीले राहत सहयोगका नाममा हुनसक्ने साइबर स्क्यामबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। नेपाल प्रहरीले विपद्को संवेदनशील अवस्थाको फाइदा उठाउँदै ठगी गर्ने समूहले सामाजिक सञ्जाल तथा डिजिटल माध्यम प्रयोग गरी फर्जी राहत कोष, क्यूआर कोड, बैंक खाता र लिंकमार्फत रकम असुल्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको हो। “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” वा “प्रधानमन्त्री राहत कोष”को नाम दुरुपयोग गरी व्यक्तिगत बैंक खाता वा ई–वालेटमा रकम माग्ने, सरकारी निकायको लोगो तथा नाम नक्कल गरी फर्जी क्यूआर कोड बनाउने र फेसबुक, ह्वाट्सएप,…
