राहतका नाममा व्यक्तिगत क्यूआरबाट रकम उठाउन खोज्ने पक्राउ

राहतका नाममा व्यक्तिगत क्यूआरबाट रकम उठाउन खोज्ने पक्राउ

राहतका नाममा व्यक्तिगत क्यूआरबाट रकम उठाउन खोज्ने पक्राउ हेटौँडा, भदौ १२ गते । रसुवा बाढीपीडितका लागि भन्दै व्यक्तिगत बैंक खाताको क्यूआर कोड सामाजिक सञ्जालमा सार्वजनिक गरी रकम सङ्कलन गर्न खोज्ने एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार व्यक्तिगत तलब खाताको क्यूआर कोडमार्फत राहत तथा सहयोग रकम उठाउन खोजेको उजुरी परेपछि ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका व्यक्तिको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले विपद्का बेला राहतका नाममा हुने ठगीबाट सचेत रहन आग्रह…
Read More
राहत पठाउँदै हुनुहुन्छ ? फर्जी QR र लिंकको फन्दामा नपर्नुस्, ठगी हुनसक्ने भन्दै नेपाल प्रहरीको सचेतना

राहत पठाउँदै हुनुहुन्छ ? फर्जी QR र लिंकको फन्दामा नपर्नुस्, ठगी हुनसक्ने भन्दै नेपाल प्रहरीको सचेतना

काठमाडौं, । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट ठूलो जनधनको क्षति भएपछि उद्धार तथा राहतका काम भइरहेका बेला नेपाल प्रहरीले राहत सहयोगका नाममा हुनसक्ने साइबर स्क्यामबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। नेपाल प्रहरीले विपद्को संवेदनशील अवस्थाको फाइदा उठाउँदै ठगी गर्ने समूहले सामाजिक सञ्जाल तथा डिजिटल माध्यम प्रयोग गरी फर्जी राहत कोष, क्यूआर कोड, बैंक खाता र लिंकमार्फत रकम असुल्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको हो। “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” वा “प्रधानमन्त्री राहत कोष”को नाम दुरुपयोग गरी व्यक्तिगत बैंक खाता वा ई–वालेटमा रकम माग्ने, सरकारी निकायको लोगो तथा नाम नक्कल गरी फर्जी क्यूआर कोड बनाउने र फेसबुक, ह्वाट्सएप,…
Read More
बाढी प्रभावितका लागि राहत प्याकेज, प्रधानमन्त्रीसहित मन्त्रीको एक महिनाको तलब कोषमा

बाढी प्रभावितका लागि राहत प्याकेज, प्रधानमन्त्रीसहित मन्त्रीको एक महिनाको तलब कोषमा

काठमाडौं, भदौ १२ गते । भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सरकारले विशेष प्याकेज तयार गर्ने भएको छ । बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब–पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत सरकारले गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–चीन सीमा रसुवागढी, भोटेकोसी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट क्षति पुगेका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियतसहितको राहत तथा पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । बाढी प्रभावितलाई तत्काल राहतसँगै पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सरकारले कोषमा प्रधानमन्त्री र सबै मन्त्रीको एक महिनाको तलब…
Read More
बाढी प्रभावितका लागि प्रदेश सभा सदस्य लामिछानेको ५१ हजार सहयोग

बाढी प्रभावितका लागि प्रदेश सभा सदस्य लामिछानेको ५१ हजार सहयोग

कपिलवस्तु, भदौ १२ गते । लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । बाढीका कारण प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले लामिछानेले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५१ हजार रुपैयाँ जम्मा गर्नुभएको हो । भोटेकोसी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि पीडितको राहत तथा उद्धारका लागि सहयोग जुटिरहेका बेला प्रदेश सभा सदस्य लामिछानेले पनि आफ्नो तर्फबाट सहयोग गर्नुभएको हो । लामिछानेले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न अपिल गर्नुभएको छ ।
Read More
कपिलवस्तुबाट औषधी तस्करी, एउटाको मूल्य १५ हजार पर्ने एघार लाखको अवैध औषधी बरामद

कपिलवस्तुबाट औषधी तस्करी, एउटाको मूल्य १५ हजार पर्ने एघार लाखको अवैध औषधी बरामद

कपिलवस्तु, भदौ १० गते । कपिलवस्तुमा सशस्त्र प्रहरीले १० लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको भन्सार छली ल्याइएको अवैध औषधी बरामद गरेको छ । सीमा क्षेत्रको दशगजा नजिकै लुकाएर राखिएको अवस्थामा विभिन्न प्रकारका महँगा औषधी बरामद गरिएको हो । कृष्णनगरस्थित सशस्त्र प्रहरी गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक द्वारिका केसीको कमान्डमा खटिएको टोलीले बुधवार बिहान ११ बजे विशेष सुराकीका आधारमा औषधी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताउनुभयो । बरामद औषधीमा क्यान्सर उपचार, नवजात शिशुको उपचार तथा उच्च रक्तचापलगायतका रोगमा प्रयोग हुने औषधी रहेका छन् । सशस्त्र प्रहरीका अनुसार पोली डी २…
Read More
बाढीबाट १९ पुल क्षतिग्रस्त, ४० किलोमिटर सडक अवरुद्ध

बाढीबाट १९ पुल क्षतिग्रस्त, ४० किलोमिटर सडक अवरुद्ध

काठमाडौँ, भदौ १० गते । रसुवामा चीनतर्फबाट आएको बाढीले त्रिशूली नदीमाथिका कम्तीमा १९ वटा पुलमा क्षति पुर्‍याएको छ । बाढीका कारण करिब ४० किलोमिटर सडकसमेत अवरुद्ध भएको सडक विभागले जनाएको छ । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीबाट त्रिशूली नदीका १९ भन्दा बढी पुलमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । बाढीले सडक तथा पुलमा क्षति पुर्‍याएपछि यातायात आवागमन प्रभावित भएको छ । बुधबार बिहान चीनको सिमानाबाट आएको बाढीले रसुवा क्षेत्रमा ठूलो क्षति पुर्‍याएको हो । बाढीबाट अवरुद्ध सडक खुलाउन सडक विभागले प्रभावित क्षेत्रमा आवश्यक मेसिन तथा उपकरण परिचालन गरेको प्रवक्ता न्यौपानेले बताउनुभयो । बाढी प्रभावित क्षेत्रमा उद्धार…
Read More
सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, १ भदौ    काभ्रे, खानीखोला गाउँपालिका-१ स्याउलीथलीस्थित सडकमा बा.१८ च २४२ नम्बरको बोलेरो अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार हाल नाम, थर र वतन नखुलेका २ जनाको घट्नास्थलमै मृत्यु भएको छ । कैलाली, बर्दगोरिया गाउँपालिका-४ स्थित सडकमा सु.प.प्र-०१-००१ ख ३६९५ नम्बरको ट्रकले लु.प्र-०१-०१० प ००४५ नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही गाउँपालिका-४ बस्ने ६२ वर्षीया साबित्री देवी सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको दोधारा अस्पताल प्रालि मुडागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read More
लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं, २९ साउन                चितवन, रत्ननगर नगरपालिका-३ बस्ने २५ वर्षीय आशिष पुरी र सोही नगरपालिका-७ बागमारा बस्ने ३८ वर्षीय दिनेश सुनारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ३० मिलिग्राम र नगद २७ हजार रूपैयाँ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।                कास्की, पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ एम्पुल, नोर्फिन ४ एम्पुल र फेनारगन ४ एम्पुल सहित सोही महानगरपालिका-२५ हेम्जा बस्ने धनकुटा घर भएका २३ वर्षीय मनोज लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यसैगरी पोखरा…
Read More
सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, २९ साउन काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-४ डाँछीस्थित सडकमा बा.प्र.०१-००२ ज ९५८८ नम्बरको माइक्रोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय शंखर प्रसाद कुईकेलको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाही, कबिलासी नगरपालिका-१० सलेम्पुरस्थित सडकमा बीआर ०१ जेए २७०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुकी दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ पिपरिया बस्ने २५ वर्षीय रामशंकर माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका नेशनल मेडिकल कलेज वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । काभ्रे, पाँचखाल नगरपालिका-४ तामाघाट…
Read More
लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

स्कुल छेउ मै अवैध लागूऔषध, विभिन्न स्थानमा पाँच जना पक्राउ

काठमाडौं, २७ साउन                सुनसरी, इनरूवा नगरपालिका-३ देवकोटा स्कुल छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-२० बस्ने ३१ वर्षीय दिपेन्द्र राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को.२५ प ९४७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।                चितवन, माडी नगरपालिका-३ स्थित वर्कसपबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६५ ट्याब्लेट र स्पास्मो ३३ ट्याब्लेट सहित पर्सा ठोरी गाउँपालिका-१ बस्ने २३ वर्षीय करण कुँवर समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ…
Read More
//uplcm.com/4/6824010