राहतका नाममा व्यक्तिगत क्यूआरबाट रकम उठाउन खोज्ने पक्राउ
राहतका नाममा व्यक्तिगत क्यूआरबाट रकम उठाउन खोज्ने पक्राउ हेटौँडा, भदौ १२ गते । रसुवा बाढीपीडितका लागि भन्दै व्यक्तिगत बैंक खाताको क्यूआर कोड सामाजिक सञ्जालमा सार्वजनिक गरी रकम सङ्कलन गर्न खोज्ने एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार व्यक्तिगत तलब खाताको क्यूआर कोडमार्फत राहत तथा सहयोग रकम उठाउन खोजेको उजुरी परेपछि ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका व्यक्तिको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले विपद्का बेला राहतका नाममा हुने ठगीबाट सचेत रहन आग्रह…
