मंसिर ६ देखि चौथो बुद्धभूमि महोत्सव, तयारी अन्तिम चरणमा

मंसिर ६ देखि चौथो बुद्धभूमि महोत्सव, तयारी अन्तिम चरणमा

बुद्धभूमि नगरपालिका- २ गोरुसिंगेमा हुने चौथो बुद्धभुमि महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक संस्था बुद्धभूमि उद्योग बाणिज्य संघले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।संघका अध्यक्ष शुभलाल भुसालले कृषि उपजका समानहरु विक्रि वितरण, पर्यटकिय स्थलहरुको प्रचार प्रसार, समाजिक क्रियाकलाप अहुने जानकारी न्र्तगत मेला अवधिभर आँखा शिविर, सरसफाई, बृक्षारोपण, रक्तदान लगायतका कार्यक्रम महोत्सवमा हुने बताए । मेलामा स्थानीय उत्पादनको विशेष प्रदर्शनका साथै विभिन्न सांस्कृतिक मनोरञ्जनका कार्यक्रम एवम् व्यापारिक गतिविधिहरू हुने बताउदै महोत्सव स्थलमा ५० लाखको कारोबार र १ सय ५० बढी स्टलहरु रहने उनले जानकारी दिए । महोत्सवले स्थानीय समुदायका हस्तकला, परम्परागत उत्पादन, र स्थानीय खानाको प्रवर्द्धनमा समेत योगदान दिने…
Read More
बुद्धभूमि महोत्सवमा पहिलो पटक डान्स स्टार प्रतियोगिता, आइतवारदेखि अडिशन सुरु

बुद्धभूमि महोत्सवमा पहिलो पटक डान्स स्टार प्रतियोगिता, आइतवारदेखि अडिशन सुरु

कपिलवस्तु, मंसिर ३ – कपिलवस्तुको गोरुसिंगेमा हुने चौथो बुद्धभूमि महोत्सव २०८१ मा यस वर्ष पहिलो पटक डान्स स्टार प्रतियोगिता आयोजना हुँदैछ। महोत्सव मंसिर ६ गतेदेखि सुरु हुने भए पनि प्रतियोगिताको अडिशन आइतवार, मंसिर २ गतेबाट प्रारम्भ हुनेछ । डान्स स्टार प्रतियोगिताका लागि अडिशन कार्यक्रम बिहानदेखि होटल संगम प्यालेस, गोरुसिंगेमा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन चाहनेले आफ्नो प्रतिभा देखाउन यो अडिशन अवसर हुनेछ । महोत्सव आयोजक समितिका अनुसार, डान्स स्टार प्रतियोगिता मार्फत स्थानीय तथा राष्ट्रिय स्तरका नृत्य प्रतिभालाई मंच प्रदान गर्ने लक्ष्य राखिएको छ । बुद्धभूमि महोत्सव विगतका वर्षहरूमा धार्मिक, सांस्कृतिक तथा व्यापारिक कार्यक्रमहरूसँगै विविध प्रतियोगिताहरूको माध्यमबाट समुदायलाई जोड्दै आएको छ…
Read More
स्वास्थ्य बिमा गर्नेको आधा रकम गाउँपालिकाले तिर्ने

स्वास्थ्य बिमा गर्नेको आधा रकम गाउँपालिकाले तिर्ने

कपिलवस्तुको विजयनगर गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका परिवारहरूलाई स्वास्थ्य बिमामा सहुलियत दिने योजना ल्याएको छ । पालिकाका सबै जनतालाई स्वास्थ्य बिमाको दायरामा ल्याउनको लागी बिमा शुल्कमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिने भएको छ । यो निर्णयले गाउँपालिकावासीलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन तथा जनताको स्वास्थ्यमा पर्ने आर्थिक भार घटाउन महत्तवपूर्ण सहयोग पु¥याउने विश्वास गरिएको छ ।“हामी गाउँपालिकावासीलाई सहज स्वास्थ्य सेवामा पहुँच पु¥याउन प्रतिबद्ध छौँ । स्वास्थ्य बिमामा सहुलियत दिने यो योजनाले आर्थिक रूपमा कमजोर परिवारहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्नेछ । मङ्सिरबाट लागु गराउने गरी कार्यपालिकाको बैठकले निर्णय समेत गरेका छौ । हिउँदे गाउँ सभाबाट आवश्यक बजेट विनियोजन गरिने छ, ” गाउँपालिका…
Read More
तेह्र हजार पिस ट्रामाडोल (लागु औषधमा प्रयोग हुने) क्याप्सुल बरामद

तेह्र हजार पिस ट्रामाडोल (लागु औषधमा प्रयोग हुने) क्याप्सुल बरामद

कपिलवस्तुको कृष्णनगर, कात्तिक २८ – मङ्गलवार राति कपिलवस्तुको साँझ झमक्क परेपछि एउटा सानो गाउँ हनुमान गढीमा प्रहरीले अनौठो दृश्य देख्न पायो। नगरपालिकाको वडा नम्बर ३ को शान्त गल्लीमा एक युवक दक्षिणतर्फबाट उत्तरतर्फ पैदलै हिँड्दै थियो, तर उसको चाल, उसको झोलामा केही लुकाएको झल्को देखिन्थ्यो। प्रहरीका लागि त्यो रात सामान्य थिएन। इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले गस्ती टोलीलाई सतर्क राखेका थिए। एक युवकले प्लास्टिकको बोरामा केही लुकाएर हिँडिरहेको सूचना पाएपछि टोली तत्काल सक्रिय भयो। युवकलाई शङ्कास्पद रूपमा नियन्त्रणमा लिएर खानतलासी गर्दा, प्लास्टिकको बोराभित्र १३ हजार ट्रामाडोल क्याप्सुल फेला परे। प्रहरीको यो बरामद औषधि कस्तो थियो भन्ने कुरा…
Read More
एकै दिनमा २५ किलो मिटर पैदल गस्ती

एकै दिनमा २५ किलो मिटर पैदल गस्ती

कपिलवस्तु  इलाका प्रहरी कार्यालय कृष्णनगरले सीमा क्षेत्रमा लामो दुरी पैदल गस्ती (लङ रुट पेट्रोलिङ ) को अभियान सुरुवात गरेको छ । सीमा क्षेत्रमा रहेका स्थानीयको समस्या बुझ्न र समुदाय र प्रहरी बिच सम दुरी कायम गर्न लामो दुरीको पैदल गस्ती सञ्चालन गरिएको थियो । पैदल गस्तीले सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिबिधिहरुको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी हुने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले बताउनु भयो । कृष्णनगर नगरपालिकाको बेदर्मी देखी सुरु गरिएको गस्ती २५ किलो मिटर यात्रा गरी बगही सीमा पुगेर अन्त्य भएको थियो । प्रहरी नायव निरीक्षक राम बहादुर मगरको कमान्डमा खटिएको…
Read More
मतदान स्थलको अनुगमन

मतदान स्थलको अनुगमन

कपिलवस्तु कात्तिक २७ गते । मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागी कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नम्बर १ का मतदान स्थलको अनुगमन गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुबेर कडायत सहितको प्रहरी टोलीले वडाका मतदान स्थलको अनुगमन गर्नु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।अनुगमनका क्रममा निर्वाचनमा कुनै पनि कमजोरी हुन नदिने र सुरक्षा संयन्त्रको पहुँच, विगतका घटना तथा अवस्थालाई मध्यनजर गर्दै मतदान स्थलमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिनु भएको थियो । कम्पाउन्डवाल र घेरा बेरा नगरिएका संवेदनशील स्थलको थप निगरानी गर्ने तयारी समेत रहेको जिल्ला प्रहरी प्रमुख निरञ्जन दत्त भट्टले बताउनु भयो । डिआइजी…
Read More
न्यायमा पनि घुस, जिल्ला अदालत कपिलवस्तुका २ कर्मचारीलाई अख्तियारले समायो

न्यायमा पनि घुस, जिल्ला अदालत कपिलवस्तुका २ कर्मचारीलाई अख्तियारले समायो

जिल्ला अदालत कपिलवस्तुका २ कर्मचारी घुस सहित नियन्त्रणकपिलवस्तु कात्तिक २७ गते । जिल्ला अदालत कपिलवस्तुका २ कर्मचारी घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई घुस रकम सहित नियन्त्रण लिएको छ । मङ्गलवार बेरितको बन्डा मुचुल्का बदर गर्ने बहानामा २० हजार घुस सहित नियन्त्रण लिइएको जनाएको छ ।आयोग बुटवलका सूचना अधिकारी उप सचिव गीता आचार्यले दुवै जनाबाट श्रोत नखुलेको रु.९६,८००।– (छयानब्बे हजार आठ सय रुपैयाँ) समेत बरामद भएको बताउनु भयो । घटनाको विषयमा थप अनुसन्धान भई रहेको आयोग कार्यालयले जनाएको छ ।
Read More
बुद्धभूमि महोत्सवमा डन्सिङ्ग स्टार हुने, संयोजकमा लक्ष्मण न्यौपाने

बुद्धभूमि महोत्सवमा डन्सिङ्ग स्टार हुने, संयोजकमा लक्ष्मण न्यौपाने

बुद्धभूमि उद्योग बाणिज्य संघको आयोजनामा यही मंसिर ७ गतेदेखि १७ गतेसम्म हुने चौथो बुद्धभूमि महोत्सवमा चौथो बुद्धभूमि डान्सिङ्ग स्टार हुने भएको छ ।जिल्लामा नृत्यमा रुचि राख्नेहरुकाबीच प्रतिस्पर्धा गराउने उद्देश्यले चौथो डान्सिङ्ग स्टारको आयोजना गर्न लागिएको हो ।डान्सिङ्ग स्टारको संयोजकको जिम्मेवारी लक्ष्मण न्यौपानेलाई प्रदान गरिएको छ ।नृत्युमा रुचि भएकाहरुका लागि आफ्नो प्रतिभा देखाउने डान्सिङ्ग स्टार एक महत्वपूर्ण प्याटफर्म भएको संयोजक न्यौपाने बताए । उनले डान्सिङ्ग स्टारमा प्रतियोगी छनोटको प्रक्रिया केही दिनमै सुरु हुने बताए ।नृत्य प्रति रुचि भएकाहरुले बुद्धभूमि उद्योग बाणिज्य संघको कार्यालय गोरुसिङ्गेमा सम्पर्क राख्न सक्नेछन् । चौथो बुद्धभूमि महोत्सव बुद्धभूमि नगरपालिकाको गोरुसिङ्गे इलाका प्रहरी कार्यालयको छेउमा हुदैं छ ।
Read More
चौथो बुद्धभूमि महोत्सव मंसिर ६ देखि १७ गतेसम्म

चौथो बुद्धभूमि महोत्सव मंसिर ६ देखि १७ गतेसम्म

बुद्धभूमि उद्योग वाणिज्य सङ्घ चौथो बुद्धभूमि महोत्सवको तयारीमा जुटेको छ । महोत्सव नजिकिँदै गर्दा सघं चौथो बुद्धभूमि महोत्सवको तयारीमा जुटेको हो । चौथो बुद्धभूमि महोत्सव यही मंसिर ७  गतेदेखि १७ गतेसम्म बूद्धभुमि नगरपालिकाको गोरुसिङ्गेमा  हुन लागेको सङ्घका महासचिव हरिलाल अधिकारीले जानकारी दिए । सङ्घको कार्यसमिति बैठकले जिम्मेवारी समेत बाँडफाँड गरिसकेको छ । सघंका अध्यक्ष शुभलाल भुसालले जिम्मेवारी पाएका संयोजकलाई आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पुरा गर्न र आवश्यक तयारीमा जुट्न आग्रह गरेका छन् । यस पटकको महोत्सव पहिलेको महोत्सव भन्दा फरक र पृथक् हुने बताइएको छ ।
Read More
बुद्धभूमि मनाइयो साख्वाको जयन्ती र नेपाल सम्वत् ११४५

बुद्धभूमि मनाइयो साख्वाको जयन्ती र नेपाल सम्वत् ११४५

कपिलवस्तु कार्तिक १८ गते ।बुद्धभूमि का नेवार समुदायले राष्ट्रिय विभूति शंखधर साख्वाको जयन्ती मनाएका छन् । नेवा ः देय् दवु बुद्धभूमिको आयोजनामा साख्वा जयन्ती सँगै नेपाल सम्वत् ११४५ मनाइएको छ । कार्यक्रममा नेवारी समुदायहरु संस्कृति झल्किने पोसाकका उपस्थित भएका थिए । बुद्धभुमी नगरपालिका २ गोरुसिंगे स्थित भिमसेन मन्दिरमा बुद्धभूमि नगरपालिकाका नेवार समुदायका अगुवाहरुको सहभागितामा रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा बुद्धभूमि नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले नेपाली समाजले शाख्वाको योगदानको कदर गर्नु पर्ने बताउनु भएको थियो । नेपाल सम्वत् नेपालको आफ्नो क्यालेण्डर समेत रहेको र सरकारी र सामाजिक तवरबाट यसको प्रयोग गर्न जोड दिनु भयो ।कार्यक्रममा बरिष्ठ समाजसेवी…
Read More
//uplcm.com/4/6824010