भगलापुरका भविन्द्र जसले वैदेशिक रोजगारी त्यागेर गाई पाल्नु भयो
कपिलवस्तु चैत्र ३० गते । कपिलवस्तु बाणगंगा नगरपालिका ६ भगलापुरका झविन्द्र पौडेलले गाई पालनबाट मनग्य आम्दानी गर्नु भएको छ । वैदेशिक रोजगारी त्यागेर आधुनिक तरिकाले गाई पालन गर्नु भएको पौडेलले मासिक १ लाख बचत गर्दै आउनु भएको छ । पौडेलले वैदेशिक रोजगारीबाट बचत गरेको रकम लगानी गर्दै २०७५ सालबाट व्यवसाय सुरु गर्नु भएको थियो ।उहाँ २८ महिना कतार र ८ वर्ष कुवेतको बसाइँ त्याग गर्दै डालु पशुपालन फर्म सञ्चालन गर्नु भएको थियो । ‘धेरैले विदेशको कमाइले घर जग्गा जोडे । गाउँबाट राजमार्ग छेउमा बसाइ सरे । त्यो देखेर साथी, भाइ छिमेकीले घरजग्गा किन्न सल्लाह दिए । तर म आत्मनिर्भर हुन…
