जय वन शक्ति सामुदायिक वन उपभोक्ता समहूको १४ औँ साधारण सभा सम्पन्न
बुद्धभूमि नगरपालिका १ भेलाई स्थित जय वनशक्ति सामुदायिक वन उपभोक्ता समूहको १४ औं साधारण सभा सम्पन्न भएको छ । जय वनशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीवन जिसीको अध्यक्षतामा साधारण सभा सम्पन्न गरिएको हो । कार्यक्रमका अध्यक्ष जीवन जिसीले निती तथा कार्यक्रम र आर्थिक बर्ष ०८१/०८२ को लागि अनुमानित आम्दानी रु. ८८ लाख बढीको बजेट प्रस्तुत गर्नु भएको थियो । यसैगरी ०८० /०८१ को ८१ लाख करोड ३२ लाख ४९ हजार १ सय ३३ रुपैंयाको आयव्यय प्रस्तुत कोषाध्यक्ष विष्णु कंडेल खरेलले गर्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथी बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले संमृद्धिका लागि वन आजको आवश्यकता भएको…
