पिपरा अस्पतालमा अप्रेशनबाट ५ केजी तौलको शिशु जन्म

Advertisement

बाणगंगा, असार ४ ।
बाणगंगा नगरपालिका–६ स्थित अति विपन्न गन्धर्व समुदायकी एक महिलाले यस पिपरा अस्पतालमा शल्यक्रियामार्फत ५ केजी तौलको शिशु जन्म दिएकी छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या आइपरे पनि अस्पताल प्रशासनको पहलमा आवश्यक सेवा निःशुल्क प्रदान गरिएको थियो। अस्पतालका सम्पूर्ण कर्मचारीले मानवता देखाउँदै निशुल्क उपचारमा सहयोग गरेका थिए।
शिशु र आमाको अवस्था सामान्य रहेको चिकित्सकहरूले जनाएका छन्।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार