कपिलवस्तुमा अचम्मको घटना : खेतमा चर्दै गर्दा एक्कासी मरे ६ वटा भैँसी

Advertisement

कपिलवस्तु जेठ २० गते ।
कपिलवस्तुको विजयनगर गाउँपालिका–५, नौरंगियामा घाँस चर्दै गरेका ६ वटा भैँसीको अकस्मात मृत्यु भएको छ । स्थानीय राम किशोर यादवले छिमेकी शिवनाथ यादवको खेतमा आफ्ना ७ वटा भैँसी चराउन लगेका थिए । खेतमा घाँस चर्दै गरेका बेला भैँसीहरू एक्कासी ढल्न थालेपछि बाँकी भैँसीलाई तत्काल त्यहाँबाट हटाइएको थियो ।
स्थानीय समाजसेवी लोकेश थापाका अनुसार, मृत भएका भैँसी व्याउने तयारी अवस्थामा थिए । धेरै संख्यामा भैँसीको अकस्मात मृत्युको कारण अझै पुष्टि हुन सकेको छैन । इलाका प्रहरी कार्यालय गणेशपुरले घटनास्थलको निरीक्षण गरिरहेको र परीक्षण रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने हर्ष बहादुर चन्दले बताउनु भयो ।


By एन टी एन ब्युरो

उस्तै खालका समाचार