दाङको राप्ती गाउँपालिकामा ६ जना बालबालिकाले मिलेर करिब २० तोला सुन चोरी गरेका छन्। चोरीमा संलग्न १४ वर्षका चार बालिका र १६ वर्षका एक किशोरसहित सुन किन्ने पसलेलाई पनि प्रहरीले पक्राउ गरेको छ।
गत फागुन २३ गते राप्ती गाउँपालिका–७, बडका सिसहनियास्थित तारा गौतमको घरबाट काँचो सुन, सुनका गहना र ल्यापटप चोरी भएको थियो। गौतम परिवार घरमा ताला लगाएर लमही सरेको बेला बालबालिकाको समूहले ताला फोडेर चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

