बुद्धभूमिमा पीडादायक घटना : इँटा भट्टाको खाल्डोमा डुबेर बालकको मृत्यु

Advertisement

कपिलवस्तु, जेठ ११
कपिलवस्तुमा खाडलमा डुबेर साढे तीन वर्षीय बालकको ज्यान गएको छ। मृतक बालक बुद्धभूमि नगरपालिका–५, नौडिहवाका अस्लाम कलाम रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो।

घटना आइतबारको हो। इँटा भट्टामा माटो निकाल्दा बनेको खाडलमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको हो। बालक आफ्नी आमा सफिया खातुनको पछि लागेर गएका थिए, जो बिहानको समयमा बाख्रा चराउन गएकी थिइन्। तर बालक आफू पछि लागेको आमालाई थाहा थिएन।

बालकको खोजी गर्ने क्रममा उनी घरभन्दा केही पर रहेको सोही खाल्डोमा डुबेको अवस्थामा फेला परेका थिए। घटनाबारे जानकारी दिँदै बुद्धभूमि नगरपालिका–५ का वडा अध्यक्ष रोम बहादुर थापाले भने, “आमाको पछि पछ्याएर गएका बालक खेल्ने क्रममा खाल्डोमा डुबेका रहेछन्। दुर्भाग्यवश, बेलैमा थाहा नपाई ज्यान गयो।”

By एन टी एन ब्युरो

उस्तै खालका समाचार