नालामा भेटियो नवजात शिशु, प्रहरीद्वारा सकुशल उद्धार

Advertisement

कैलाली, जेठ ११ गते।
कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित एच गाउँको साईनोचोक नजिकै एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ।

स्थानीयले सडक छेउको नालाबाट रोइरहेको आवाज सुनेपछि शिशुलाई फेला पारेका थिए। सालनाल सहितको अवस्थामा भेटिएको शिशु तुरुन्तै इलाका प्रहरी कार्यालय बहुलियालाई जानकारी दिइएको थियो।

प्रहरी टोली घटनास्थलमा पुगेर शिशुलाई सकुशल उद्धार गरी सेती प्रादेशिक अस्पताल, धनगढी पठाएको इलाका प्रहरी कार्यालय बहुलियाका वरिष्ठ प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिनुभयो।

चन्दका अनुसार शिशुलाई कसले जन्माएर फाल्यो भन्नेबारे अनुसन्धान भइरहेको छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार