हेटौँडा, चैत २८ गते । धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बकैयामा बस दुर्घटना हुँदा ३० जना घाइते हुनुभएको छ । बुधवार राती ९ बजेर ३० मिनेटको समयमा बा प्र ०६–००१ ख ०२७० नम्बरको बस दुर्घटना भएको हो ।
बस दुर्घटनामा मकवानपुर भिमफेदी–३ बुल्मिङका ४६ वर्षीय श्रीराम बज्यू, भिमफेदी–५ ज्यामिरेका ५५ वर्षीय रिता कुमारी मगर, चितवन राप्ति नगरपालिका–२ गडौलीका २९ वर्षीय पशु डा. सरोज ओझा, उहाँको श्रीमती २७ वर्षीय रेश्मा सुवेदी, भिमफेदी–२ निगालेका ४५ वर्षीय दिलीप राज बुलन, भिमफेदी–५ सुपिङका ५१ वर्षीय यदुनाथ पुडासैनी, मकवानपुरगढी–३ मक्रान्चुलीका ४२ वर्षीय नारायण प्रसाद शर्मा, हेटौँडा–११ थानाभर्याङका २९ वर्षीय उज्ज्वल राना मगर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
त्यस्तै बस दुर्घटनामा भिमफेदी गाउँपालिका कार्यपालिका सदस्य भिमफेदी–६ टारगाँउ बस्ने ४५ वर्षीय सुमित्रा लामा, भिमफेदी–६ बस्ने ५५ वर्षीय सानी आले, भिमफेदी–९ भदौरेका ३२ वर्षीय सुदिप पराजुली, भिमफेदी–२ चौकीडाँडाका २७ वर्षीय सुयास पाख्रिन, भिमफेदी–९ झिरघारीका २७ वर्षीय शुभाष रुम्बा, भिमफेदी–६ झिरघारीका ५२ वर्षीय हित चन्द्र मोक्तान, भिमफेदी–२ का वडाध्यक्ष ४९ वर्षीय काशीराम बज्यू, भिमफेदी–५ अकोटेका २५ वर्षीय अनिल स्याङबो घाइते हुनुभएको छ ।
दुर्घटनामा हेटौँडा–१८ का २५ वर्षीय रुबिन घर्ती, भिमफेदी–३ का ५३ वर्षीय बुद्धिसिंह दोङ, भिमफेदी–८ का ३९ वर्षीय सिता थिङ, ३५ वर्षीय सूर्य माया घलान, भिमफदी–१ का ५० वर्षीय करणध्वज पाख्रिन, हेटौँडा–१८ हर्नामाडीका २९ वर्षीय बिमल ढुङ्गाना घाइते हुनुभएको हो ।
बस दुर्घटनामा भिमफदी–४ चिउरीबगैचाका ४० वर्षीय कृष्णहरी गाहा मगर, भिमफेदी–७ मान्डुका ३८ वर्षीय सुजन प्रजा, भिमफेदी–८ गँगटेका ४३ वर्षीय मान बहादुर लामा, भिमफेदी–१ सानुटारका ४२ वर्षीय राजेन्द्र कुमार स्याङतान, भिमफेदी गाँउपालिका कृषि प्राविधिक २९ वर्षीय सानु कान्छा घिसिङ, पशु प्राविधिक ३१ वर्षीय पुष्पलाल बज्यू, भिमफेदी–३ का ४८ वर्षीय अर्जुन तामाङ र सहचालक उदयपुर रौतामाई गाउँपालिका–५ का ३२ वर्षीय सतिह दाहाल घाइते हुनुभएको हो ।

